Saturday 27 December 2014

ओहो ! ४० मिनेट डान्स गरेको १७ करोड

नयाँ वर्षको मौकामा पर्फमेन्स गर्नका लागि थुप्रै सेलिब्रिटीहरुले निकै मोटो रकम असुल्ने गर्दछन् । यो पद्धती हलिउड, बलिउड दुबैमा लागु हुने गर्दछ । विशेष मौकामा कलाकारको मागलाई सबैले सम्बोधन त गर्न सक्लान् तर अरु दिनहरुमा पनि सबैले कलाकारले तोकेको रकमले उनीहरुलाई खुसी बनाउन सक्छन् भन्ने छैन ।

यस्तैमा, हलिउड नायिका जेनिफर लोपेजले आफूले पर्फमेन्स गरेबापत् तोकेको मूल्य सुन्दा नै धेरैले जिब्रो काटेका छन् । उनले आफ्नो मूल्य मात्र तोकिनन्, कार्यक्रको आयोजकले उनलाई सो रकमले सम्बोधनसमेत गरेका छन् । लोपेजले एक प्राइभेट कन्सर्टमा करिब ४० मिनेटको पर्फमेन्सका लागि १.७५ मिलियन डलर अर्थात १७ करोड ८२ लाख ६ हजार रुपैयाँ नेपाली रुपैयाँ रकम लिएकी छिन् ।
सूत्रलाई मान्ने हो भने पछिल्लो महिना मकाउको ग्रान्ड हयात होटलमा कन्सर्ट भएको थियो । यसमा जेनिफरको ४० मिनेटको पर्फमेन्सका लागि उनलाई करिब ११ करोड रुपैयाँ दिइएको थियो ।
सूत्रका अनुसार जेनिफरसँगै उनको टिम पनि थिए जसमा ब्याक डान्सरहरु पनि संलग्न थिए । उनको टिमले २० वटा रुमको माग गरेका थिए किनभने कार्यक्रमका लागि सबै क्रु मेम्बर्सको आवश्यकता थियो । यसका लागि तीन रातको लागि एक पाँचतारे होटलको भिआइपी सुइट बुक गरिएको थियो । यद्यपी जेनिफर आफ्नो जुम्ल्याहा बच्चाको साथमा अमेरिकामा केहि कार्यक्रमको लागि जान पर्ने भएकाले त्यहाँ धेरै बेरसम्म नबसेको बताइएको छ । (एजेन्सी)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID