Sunday 14 December 2014

रुखसँगै चितुवाको टाउको पनि छिनिएपछि ..(तस्विर सहित)

एजेन्सी । कुनै रुख काट्दा चितुवाको टाउको पनि छिनियो भने कस्तो दृष्य देखिएला । चितुवा मात्र होइन अजिङ्गर, चरो र भालुको टाउको पनि छिनिएको देखिन्छ यी तस्विरमा ।
तर नतर्सिनुस् यस्तो दृष्य एउटा सन्देशमुलक साग्रीका लागि तयार पारिएको हो ।
यो सन्देशमुलक सामग्रीमा रुख काट्दा रुखसँगै अन्य जीव जन्तुको पनि जीवन सखाप हुने भन्ने कुरा देखाउन यी विभत्स तस्विरको प्रयोग गरिएको हो ।
भारतको पर्यावरण समाचार पत्रिका सेंक्चुरी एशियाका लागि बनाइएको यो विज्ञापन साँच्चिकै मार्मिक छ ।
मानिसहरुले जंगल फडाँनी गरेर जीवन नै सखाप पारिरहेको सन्देश दिन यस्तो विज्ञापन बनाइएको हो ।
पछिल्लो समयमा नेपालमा पनि बनजंगल विनाशको श्रृंखलाले पर्यावरणीय चक्रमा गम्भिर असर परिरहेको छ । बनजंगल विनाश नेपालको मात्र नभएर विश्वकै समस्याकोरुपमा रहेको छ ।
\

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID