Monday 1 December 2014

मिनेटमै तीनपटकसम्मको चरमोत्कर्षबाट हैरान(फोटो फिचर सहित)

अमेरिकाको एरिजोनामा बसोबास गर्ने एक महिलालाई अत्याधिक चरमोत्कर्ष हुने समस्या देखा परेको छ  ।
३० वर्षीया कारा अनन्यालाई दुई–तीन मिनेटको अन्तरालमै चरमोत्कर्ष हुन्छ, जसका कारण उनका सबै किसिमका सार्वजनिक गतिविधि ठप्प हुँदैछन्। चिकित्सा विज्ञानले अहिलेसम्म उपचार गर्न नसकेको यो क्रियालाई विशेषज्ञहरुले रोगको दर्जा दिएका छन्।
यो क्षेत्रमा अनुसन्धानरत वैज्ञानिकहरुले उनको शरीर परीक्षण गर्दा लगातार ६ घण्टासम्म चरमोत्कर्ष आएको पाए । काराले एक दिन एउटै स्थानमा बस्दा कति पटक आफू चरमोत्कर्षमा पुग्छु भनेर गन्दा २ घण्टामा १ सय ८० पटकसम्म त्यस्तो स्थिति देखा परेको बताइन् ।
अर्थात यो परिवर्तन प्रत्योक मिनेटमा दुई वा तीनपटक हुन आउँछ। यो समस्याका कारण उनी आफ्ना सन्तानको विद्यालयमा हुने विभिन्न गतिविधिमा संलग्न हुन पनि सक्दिनन्।

काराका श्रीमान स्वयम पनि उनमा देखा पर्ने यो समस्यामा आफूले केही गर्न नसक्ने बताउँछन्। सबैतिरबाट निराश भएकी कारालाई चिकित्सकहरुले पनि यो समस्याको उपचार हुन नसक्ने बताइसकेका छन्। एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID