Wednesday 3 December 2014

काठमाडौंका तीन कुख्यात पाकेटमार पक्राउ

 मंसिर १७, काठमाडौं,  – विगत लामो समयदेखि काठमाण्डौ उपत्यका भित्रका सार्वजनिक यातायातका साधन तथा बसपार्क इलाकामा पाकेटमारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेका ३० वर्षीय अनिल तामाङ्ग, काभ्रेकै २२ वर्षीय वीर बहादुर तामाङ्ग र ललितपुरका २४ वर्षीय राजु तामाङ्ग रहेका छन् ।

तीन जनलाई मंगलबार महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भुवाट गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले लामो समयदेखि पटक पटक पाकेटमारी गरी हिडेको स्वीकार गरेका थिए ।

तीन जनालाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौमा पठाईएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID