Thursday 13 November 2014

यौन क्षमतामा वृद्धि गर्नु छ भने भिण्डी खानुस पुरा हेर्नु होस्

भिण्डी लोकप्रिय तरकारी मध्ये एक हो । भिण्डी खानुमा जति स्वादिष्ट छ, यो निकै गुणकारी पनि छ । आम मानिसले भिण्डीलाई स्वादका आधारमा तथा यसको चिप्लोपनाका आधारमा स्वादिष्ट तरकारीको रुपमा मात्र उपयोग गर्दै आएका छौँ ।

तर भारतीय उपमहाद्विपका केही आदिवासीले भिण्डीलाई विभिन्न रोगको उपचारमा समेत उपयोग गर्ने गरेको पाइन्छ ।

भिण्डीमा विभिन्न खाले भिटामिन तथा लवण र अन्य पौष्टिक तत्व पाइन्छ ।

यसमा भिटामिन ए, बी, सी, इ तथा क्याल्सियम, फलाम जस्ता तत्व पाइन्छ । साथै यसमा उच्चस्तरीय फाइबर समेत पाइने भएकाले स्वास्थ्यका लागि लाभदायी हुन्छ । पोषण विज्ञहरुका अनुसार भिण्डीको सेवन मधुमेहका रोगीका लागि निकै लाभदायक हुन्छ ।
भिण्डीको बिजलाई धूलो बनाउने, त्यसमा सुकमेल, दालचिनी तथा मरिचको समेत धूलो मिलाउने र यसलाई दिनहुँ मनतातो पानीमा मिलाएर पिउँदा डाइबेटिजका रोगीलाई निकै लाभ पुग्छ ।

भिण्डीको काटेको टुक्रालाई पिउने पानीमा डुबाएर रातभर राख्ने । विहान टुक्रा निकालेर बाँकी रहेको पानी खाली पेटमा पिउने गर्दा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने बताइन्छ ।विज्ञहरुका अनुसार काँचो भिण्डी चपाएर खानाले पुरुषहरुमा यौन क्षमतामा वृद्धि हुन्छ । पानीमा भिण्डी पकाएर पिउनाले भिरिंगीका रोगीलाई समेत फाइदा गर्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID