Wednesday 19 November 2014

एक महिनाअघि नै बनेको थियो बैंक लुटपाटको योजना

मंसिर ३- रौतहट, चन्द्रनिगाहपुरस्थित एसबिआई बैंकमा भएको २० लाखको लुटपाटमा कर्मचारीको मिलोमतो रहेको प्रहरीले तथ्यहरु फेला पारेको छ ।
चन्द्रपुर नगरपालिका १ स्थित मेन रोडमा रहेको नेपाल एसबिआई बैकबाट रकम झिकेर निस्केका आइडि बैकका गार्डलाई गोली हानी लुटेरा समुहले मंगलवार २० लाख रुपैया लुटे पछि अनुसन्धान शुरु गरेको प्रहरीले आइडि बैंक कै एक कर्मचारी संलग्न रहेको निस्कर्ष निकालेका हुन ।

रकम लुटपाट भएको बैंकका कर्मचारी शम्भू थापा लाई चन्द्रनिगाहपुर प्रहरीले मंगलवार राति नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

आइडी बैंकमा कारोबारकै क्रममा दिउसो १ बजे रकम अभाव भएपछि एसबिआई बैंकबाट २० लाख झिक्न बैंकका वरिष्ठ सहायक उज्वल रिजाल र सुरक्षा गार्ड तेज बहादुर कार्की गएका थिए । रकम झिकेर भ¥याङ्ग बाट तल झर्दै गर्दा लुटेराहरुले गोलि प्रहार गर्दै पैसाको झोला खोसेर भागेका थिए ।

ठूलो परिमाणमा रकम झिकिन लागेको खबर बैंक कर्मचारीले नै लुटेरालाई दिएको हुन सक्ने प्रहरीको आशंका छ । घटना पछि बैंकका कर्मचारीहरु सित पनि प्रहरीले बयान लिएका छन् ।

को हुन राई ?

प्रहरीको निगरानीमा उपचारार्थ नेशनल मेडिकल अस्पताल भर्ना रहेका नारायण राई सिन्धुली पिपलमाडी १ का निवासी हुन । उनी एनेकपा माओवादीमा पूर्व लडाकु हुन् । शक्तिखोरमा समेत बसेका राई स्वेक्षिक अवकास लिएर बाहिरिएर वैद्य माओवादीमा लागेका थिए । गोलिलागेर ढलेका राइलाई खानतलासी गर्दा प्रहरीले शक्तिखोरको परिचयपत्र बरामद गरेको छ ।

वीरगंजमा उपचार गराइ रहेका राईको अवश्था खतरामुक्त रहेको प्रहरी उपरिक्षक सानु बाबु थपलियाले बताएका छन् । लुटेराको गोलि लागी घाइते भएका आईडि बैंकका सुरक्षा गार्ड तेज बहादुर कार्कीको अवश्था पनि सामान्य रहेको छ ।

उनीहरुले लुटेको रकम अझै बरामद नभए पनि नियन्त्रणमा लिइएको मोटरसाइकलको आधारमा पनि लुटेराको पहिचान हुन सजिलो हुने प्रहरीले जनाएको छ ।

लुटिएको रकम र लुटेरा पक्राउ गर्न प्रहरी उपरिक्षक सहित को टोलीले विभिन्न स्थानमा खोजीकार्य तिब्र बनाएका छन ।
बैंक लुटको योजना

प्रहरीका अनुसार बैंक लुटपाटको योजना झण्डै एक महिना अघि देखि बनेको थियो । चन्द्रनिगाहपुर मै रहेको रोमियो एण्ड जुलियट होटेलको कोठा नंं. १०५ मा लुटेराहरु बसेको प्रहरीले जनाएको छ । १४ कार्तिकमा आइडि बैंकका कर्मचारी शम्भू थापा र चन्द्रनिगाहपुरका स्थानिय शुशील दुलालले नै कोठा बुक गरेको र त्यसपछि लगातार उनीहरु त्यहाँ बस्ने गरेको होटेल सँचालक आशिष दहालले बताएका छन ।

हिजो प्रहरीले गोलि प्रहार गरी नियन्त्रणमा लिएका नारायण राई लगायत चार जना व्यक्ती होटेलमा बस्ने गरेको र पटक पटक पोखरा गएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । होटेलमा बस्दा लुटेरा चारजना सँगै बैंक कर्मचारी थापा र स्थानिय सुशील दुलालले मदिरा सेवन गर्ने गरेको प्रमाण प्रहरीले फेला पारेको छ । घटना पछि शुसील दुलाल पनि बेपता भएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID