Monday 6 October 2014

यी हुन् विश्वका – प्रसिद्ध व्यक्तित्वहरु, जो बने साहाकारी

हिटलर
Adolf Hitler
 हिंसाको प्रतीक बन्न पुगेका हिटलरको भोजनमा मासु तथा मासुजन्य पदार्थ वर्जित थियो । सम्यक भोजनको पक्षमा थिए, हिटलर । मासुबाहेक उनी तामसिक मानिने कुनै पनि खाद्य खाँदैनथे । जीवनमा उनले एकपटक मात्र चुरोट र रक्सी सेवन गरे, बाल्यकालमा स्कुलबाट निकालिएको खुसियालीमा । त्यसपछि उनले नशालु पदार्थको सेवन कहिल्यै गरेनन् । शाकाहारी हिटलर जनावरलाई अत्यन्त माया गर्थे । शाकाहारी भोजनले बल, वुद्धि, आरोग्य र शान्ति बढ्छ भन्नेमा उनी विश्वास गर्थे । उनी चकलेटका ठूला पारखी थिए ।
अल्बर्ट आइन्सटाइन
अल्बर्ट आइन्सटाइन अहिलेसम्मकै बुद्धिमान् व्यक्ति मानिन्छन् । ‘ई बराबर एमसी स्क्वायर’ फर्मुला प्रतिपादन गरेर भौतिकशास्त्रमा ठूलो क्रान्ति ल्याइदिएका उनी जीवनको उत्तराद्र्धतिर शाकाहारी भोजनतर्फ आकर्षित भएका थिए ।
Albert Einstein

मांसाहार गर्दाताका पनि आफ्नो मन शाकाहारी नै भएको महसुस आफूलाई भएको उनले एक समय बताएका थिए । एक मित्रलाई लेखेको चिठीमा उनले भनेका थिए, ‘मासु खाँदा जहिल्यै पनि मलाई पापबोध हुने गथ्र्यो । पापबोध गर्दै मासु खानु नमज्जा हुन्थ्यो । अन्त्यमा मासु खानै छोडिदिएँ ।’
शाकाहारी भोजनको पक्षमा आइन्सटाइनका भनाइलाई शाकाहारी भोजनको पक्षमा आवाज उठाउनेहरूले गुरुमन्त्र मान्ने गरेका छन् । ‘स्वास्थ्यलाई फाइदा पु¥याउने अथवा सृष्टिको निरन्तरताको सम्भावनालाई अधिक तुल्याउने महत्वपूर्ण तरिका भनेको शाकाहारी भोजन हो’, एउटा सन्दर्भमा आइन्सटाइनले भनेका थिए । शाकाहारी भोजनमा प्रसन्नता र शान्ति निहीत हुने उनको भनाइ थियो ।
बिल क्लिन्टन
Bill Clinton
अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन सन् २०१० पछि शाकाहारी बनेका हुन् । उनले त्यसयता मासु मात्र नभई दुग्ध परिकार खान पनि ठ्याम्मै छोडिदिएका छन् । सन् २००४ मा शल्यक्रिया गरेपछि मासुले स्वास्थ्यलाई राम्रो गर्दैनरहेछ भन्ने उनलाई परेको थियो । अहिले उनी मांसाहार त्याग्न प्रेरित गर्ने अभियन्ता बनेका छन् । शाकाहारी भोजनले मानिसलाई दीर्घजीवी बनाउँछ भन्ने उनको मान्यता छ । ‘म हजुरबुबा भइन्जेलसम्म बाँच्न चाहन्छु । नातिनातिनाको औँला समाएर घुम्ने मेरो इच्छा छ । शाकाहारी भोजनले मेरो यस्तो इच्छा पूरा गर्ने देखेपछि मैले मांसाहार त्यागेको हुँ,’ उनी भन्छन् ।

अहिले उनी तरकारी, फलफूल, गेडागुडी सकेसम्म बढी मात्रामा खाने गर्छन् । चिज, दूधलगायत दुग्ध परिकार र माछा खान उनले छोडिदिएका छन् । विशुद्ध शाकाहारी भोजन गरेयता स्वास्थ्यमा राम्रो सुधार आएको उनी बताउँछन् । ‘रक्तपरीक्षण गर्दा सबै ठिकठाक देखिएको छ । मांसाहार गर्दाभन्दा अहिले मैले आफूलाई बलियो महसुस गरेको छु,’ उनी भन्छन् ।
माइक टाइसन
maical
शाकाहारी भोजन गर्ने खेलाडीको कुरा गर्दा सबैभन्दा पहिले आउने नाम हो, माइक टाइसन । अमेरिकाका रिटायर्ड बक्सर उनी संसारकै बलिया मानिसमा गनिन्छन् । बक्सिङमा उनले पटकपटक विश्व कीर्तिमान कायम गरेका छन् । सन् २०१० यता उनी शाकाहारी बनेका हुन् । ४८ वर्षीय उनी शाकाहारी भोजनले आफ्नो जीवन पूरै बदलिदिएको बताउँछन् । एक समय आफू लागू औषधको अम्मली भएको र लागू औषध छोड्नुपर्छ भन्ने महसुस भएपछि आफू शाकाहारी बनेको उनी बताउँछन् । ‘अहिले म फिट एन्ड फाइन छु । स्वास्थ्य एकदम राम्रो छ । मेरो जीवन पूरै बदलिएको छ । म लागू औषध सेवन गर्दिनँ । पहिलेजस्तो सडकमा विनाकाम हल्लिदिनँ । क्लब जाँदिनँ र माछामासु खादिनँ,’ उनी भन्छन् ।
अमिताभ बच्चन
बलिउड अभिनेता अमिताभ बच्चन शाकाहारी हुन् । कुनै समय आफूले मांसाहार गर्ने गरे पनि पछि शाकाहारी बनेको उनी बताउँछन् । ‘धर्म अथवा स्वास्थ्यका लागि मैले मांसाहार त्यागेको होइनँ, मासु खान त्यसै मन लागेन र छोडिदिएँ,’ उनी भन्छन् । शाकाहारी खाना उनलाई असाध्यै मिठो लाग्छ ।
Avitap-Bachha

पशुअधिकारका पक्षमा अभियान सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था पेटाले सन् २०१३ मा अमिताभ र अभिनेत्री विद्या बालनलाई बलिउडका कामुक शाकाहारी कलाकारको उपाधि दिएको थियो । पेटाले गरेको सर्वेक्षणका आधारमा अभिताभलाई बलिउडको मात्र नभई एसियाकै कामुक शाकाहारी पुरुषको उपाधि दिइएको थियो । अमिताभ र विद्याबाहेक बलिउडका हेमा मालिनी, करिना कपुर, जोन अब्राहम, महिमा चौधरी, मल्लिका सेरावत आदि कलाकार पनि शाकाहारी हुन् । (नयाँ पत्रिकाबाट)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID