Friday 31 October 2014

घर झगडाले निम्त्याएको बज्रपातः बाबु बेपत्ता भए लगतै छोराद्वारा आत्महत्या -

कात्तिक १४, सोलुुखुम्बु  – काँकु–८, सोलुुखुम्बुका गमबहादुर राई घर झगडा गरेर घर छाडेर बेपत्ता भए लगतै छोरा तिलकबहादुर राईले विष सेवन गरी आत्महत्या गरेका छन् ।

रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार बुधबार घरमा बाबुछोराबीच झगडा भएपछि बाबु बेपत्ता भएको र साँझ छोराले विष सेवन गरेका हुन्।

विष सेवन गरेका २९ वर्षीय तिलकलाई तत्कालै इलाका स्वास्थ्य चौकी बासा लगिएकामा उनको त्यही निधन भएको थियो ।

छोराको निधन भएपछि बाबुको व्यापक खोजी गरिएको भए पनि कतै भेटिएको छैन । घरमा रहेका बाबु, आमा र श्रीमतीसँग झगडा गरेपछि सबैजना भागेको मौकामा राईले विष सेवन गरेको बताइएको छ ।

साँझ श्रीमती घर फर्कंदा विष सेवन गरेको भेटाएपछि स्वास्थ्य चौकी लगिएको र उनको मृत्यु भएपछि बिहीबार खोजी गर्दा आमा चाहिँ गाउँमा भेटिएको भए पनि बाबु अझै बेपत्ता छन् ।

सम्भावित सबै स्थानमा खोजी गरिए पनि बाबु गमबहादुरको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID