Monday 6 October 2014

कारको ढोका बन्द नगरेको निहुँमा लोग्नेस्वास्नीको पारापाचुके -

महिलालाई कतिसम्म हेँप्न सकेको हँ ? हुँदाहुँदा गाडीको ढोका नलगाएको आरोपमा समेत एक लोग्नेले आफ्नी स्वास्नीसँग सम्बन्ध विच्छेद गरेका छन् ।

लोग्नेको यस्तो ज्यादती हाम्रो देशमा चाहीँ होइन । यो साउदी अरबको घटना हो । समाचार अनुसार श्रीमतीले कारको ढोका बन्द गर्न नमानेको भन्दै उनले डिभोर्स गरेका हुन् ।

समाचार अनुसार ती दम्पती पिकनिकका लागि घरबाहिर गएका थिए । जब उनीहरु घर फर्के श्रीमती कारबाट बाहिर निस्किन्, छोराछोरीलाई पनि कारबाट बाहिर निकालिन् र घरभित्र पसिन् । पछिल्लो सिटबाट बाहिर निस्किँदा कारको ढोका खुला भयो । कार हाँकेका लोग्नेले कारको खुलेको ढोका बन्द गर्न श्रीमतीलाई अह्राए । तर घरभित्र छिरिसकेकी श्रीमतीले ‘तपाइँ आफैले बन्द गर्नुस् न’ भनिन् ।

त्यसपछि त के चाहियो र ? आफुले भनेको नटेरेको भन्दै लोग्ने पडि्कन थाल्यो । तैलै मलाई त्यागिस् अब कारको ढोका बन्द गरिनस् भने मेरो घरमा छिर्न पाउँदिनस् भनेर चिच्याए ।
लोग्नेले त्यस्तो घोषणा गरेपछि ती महिला रन्थनिँदै माइतीमा गइन् ।

छिमेकीले ती लोग्नेस्वास्नीको झगडा मिलाउने र ती महिलालाई घर फर्काउने कोसिस गरे । तर उनले त्यस्तो गैरजिम्मेवार पुरुषसँग आफ्नो जिन्दगी नचल्ने भन्दै ऊ सँगको वैवाहिक सम्बन्ध कायम राख्न नचाहेको बताइन् ।

तथ्यांक अनुसार साउदी अरबेयिामा हरेक १ हजार पुरुषमध्ये ३ जनाले वर्षेनी सम्बन्ध विच्छेद गर्ने गरेका छन् । सन् २०१२ मा मात्र साउदी अरेबियामा ३० हजार सम्बन्ध विच्छेदका घटना भएका थिए । जुन दिनमा ८२ वटा अर्थात् एक घण्टामा ३ वटाको दरले हो ।

साउदी अरेबियामा बढि सम्बन्ध विच्छेद हुने खाडी मुलुकमध्ये दोश्रोमा पर्छ । पबिहयले स्थानमा बहराइन रहेकेा छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID