Thursday 9 October 2014

बाेका चाेर पक्राउ :

 बाेका चाेर पक्राउ :
असोज २२ भोजपुर,  छिमेकीका खसीबोका चोरेर बेच्नेलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ । छिमेकीको उजुरीका आधारमा भोजपुर नगरपालिका—११ का ४० बर्षिय होमनाथ ढकाललाई मंगलबार प्रहरीले प्रक्राउ गरेको हो ।
ढकालले छिमेकीहरु चन्द्रप्रसाद सुवेदी, पशुपति सुवेदी र नरबहादुर कार्कीको एउटा बाख्रा र दुइवटा बोका चोरेको पीडितले उजुरी दिएका थिए । पक्राउ परेका ढकालले आफूले छिमेकीको बाख्रा र बोका चोरेर बेचेको बताएका छन् । ढकाललाई चोरी मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ ।
Source:http://hamrovojpur.blogspot.com

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID