Thursday 9 October 2014

इबोलाबाट संक्रमित बिरामीको मृत्यु

(एजेन्सी)  आश्विन २३- काठमाडौं,  । इबोलाबाट संक्रमित पहिलो बिरामीको मृत्यु भएको छ । ४२ वर्षीय थोमस एरिक डंकनको अमेरिकाको टेक्सासमा उपचारका क्रममा मृत्यु भएको हो ।

लाइबेरियामा रहँदा इबोला भाइरस देखा परेपछि उनलाई उपचार गर्न अमेरिका लगिएको थियो ।

यसैबीच, सियरालियोन, लाइबेरिया र गिनीमा मात्रै इबोलाका कारण हालसम्म ३ हजार ८ सय ६५ जनाको ज्यान गइसकेको छ । पश्चिमी अफ्रिकामा महामारीको रुप लिइरहेको इबोला भाइरस पछिल्लो समय स्पेनमा पनि देखा परेपछि पुरै युरोपमा सन्त्रास फैलिएको छ ।

उता, विश्व स्वास्थ्य संगठन (डब्ल्युएच)ले विकसित मुलुकमा समेत थप इबोला संक्रमित फेला पर्न सक्ने चेतावनी दिएको छ ।

अहिलेसम्म बिश्वभर झन्डै ७ हजार ५ सय इबोलाका बिरामी फेला परेको बताइन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID