Friday 24 October 2014

एउटै डोरीमा झुन्डिएको अवस्थामा काका भतिजीको शवको अवशेष -

रासस - वाकु–४, सोलुखुम्बु :  सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष भेटिएको छ ।

२०७० साउन ११ गतेको सुसाइट नोट लेखिएको भेटिएकाले सोही समयमा घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थल नजिकै उनीहरुले प्रयोग गर्ने दुई थान मोबाइल सेट र डायरी फेला परेकाले सोही डायरीबाट वाकु–३ रोचमका गोकुल राई र सविता राईको शव भएको पुष्टि भएको छ । शवको अवशेष केही भागमात्र भेटिएको छ ।

काका भतिजी नाता पर्ने वाकु–३ रोचमका गोकुल राई र सविता राई गाउँबाट २०७० साल साउन महिनामा एकै समयमा हराएको र उनीहरुको डायरी तथा सुसाइट नोटसमेत भेटिएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीको ठहर छ । गाउँमा उनीहरु भागेको हल्ला भएको थियो ।

सोताङबाट खटिएको प्रहरी टोलीले उनीहरुको सनाखत गरी आफन्तले शव पहिचान गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID