Monday 6 October 2014

सभासद सहित १८ यात्रु बोकेको नेपाल एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो -

जुम्ला— एक सभासद सहित १८ यात्रु बोकेर नेपालगञ्जबाट जुम्लाका लागि उडेको नेपाल एयरलाइन्सको ९–एन एबियु ट्विनअटर जहाज दुर्घटनाबाट जोगिएको छ। अवतरणपछि पार्किङ स्थलमा लैजादै गर्दा जहाजको पाङ्ग्रा पन्चर भएपछि जहाज असन्तुलित भएको थियो। पाइलटले तत्कालै स्थितिलाई नियन्त्रणमा लिँदा दुर्घटना टर्‍यो।

नेपालगञ्जबाट जुम्ला आएको जहाजको पाङ्ग्रा मध्यान्ह १२ बजे विमानस्थलमा अवतरण गर्ने क्रममा पङ्चर भएको हो। 'अवतरणपछि रन वेबाट पार्किङ स्थल लाँदै गर्दा पाङ्ग्रा पन्चर भएकाले ठूलो दुर्घटना भएन', नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख योगेन्द्र कुँवरले नागरिकन्युजसँग भने, 'ठूलो क्षति केही भएको छैन।'

जहाजमा जुम्लाका प्रत्यक्षतर्फका साभाषद ललितजंग शाही लगायतका यात्रुहरु सवार थिए। सभाषद शाहीले जहाज दुर्घटना हुनबाट जोगिएको बताए। जहाजमा सवार सबै यात्रु सकुशल छन्। पाङ्ग्रा पन्चर भएपछि जहाज विमानस्थलमै थन्किएको छ।

जहाजलाई क्याप्टेन आर कुसवाह तथा मानबहादुर तुम्बाहाम्फेले उडाएका थिए।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID