Tuesday 21 October 2014

सविधान जारी नभए कागले राष्ट्रपति निवास घेर्ने चेता

तोकिएको समयमा सविधान निर्माण नभए कागले सविधानसभा तथा राष्ट्रपति निवास घेराउन गर्ने चेतावनी दिएका छन् ।

काग तिहारको अवसरमा मंगलबार राजधानीको शान्ति वाटिकामा कलाकार रमेश दुलालले काग सम्मेलन गरि माघ ८ गते संविधान जारी नगरे काठमाडौंमा भएका सबै काग भेला गरि त्यसरी घराउ गर्ने चेतावनी दिएका छन् ।

 दुलालले संविधान निर्माण गर्न पनि दबाब पुगोस भन्ने उद्देश्यले काग सम्मेलन गरेको प्रष्ट पार्दै भने–‘‘मैले हरेक वर्ष काग तिहारको दिन काग सम्मेलन गर्दै आएको छु ।

यो सम्मेलनले नेपालमा शान्ति, सुव्यस्था तथा अमनचयन हुन मद्दत पुग्नेछ । उनले दलहरुले तोकिएकै मिति माघ ८ गते संविधान जारी नगरे उपत्यकाका सम्पूर्ण काग भेला गरि संविधानसभा भवन, राष्ट्रपती भवन, सिंहदरवार र शीर्ष नेताहरुको घर घेर्ने समेत चेतावनी दिएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID