Thursday 9 October 2014

युवतीले प्रेमीको छातीमा छुरा प्रहार गरिन्

भनिन्छ, प्रेम अन्धो हुन्छ । प्रेममा सवै कुरा जायज हुन्छ । यद्यपि क्रूरता र बदला प्रेममा कुनै पनि हालतमा स्वीकार्य हुँदैन । यो घटना सुन्दा उनीहरू त्रसित हुने निश्चित छ जसले प्रेम गरिरहेका छन् । भारतीय चलचित्र उद्योगकी चर्चित नायिका जिया खानले प्रेमका कारण आत्महत्या गरिन् । उनले आत्महत्या गर्नुअघि ६३ पटक ब्वाइफ्रेन्डलाई कल गरे पनि फोन रिसिभ नभएका कारण आत्महत्या गर्नुपरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यसबाट उनी ब्वाइफ्रेन्डलाई खुबै माया गर्थिन् भन्ने प्रमाणित हुन्छ । यद्यपि कोमल मनकी जियाको अन्त सँगसँगै यता उदयपुरमा अर्की कठोर जियाले भने उल्टै प्रेमीको छातीमा आफ्नो रिस पोखेकी छिन्। उनले प्रेमीको छाती वारपार हुने गरी छुरी प्रहार गरेकी छिन्, तर उक्त छुराले उनलाई माया गर्ने मुटुलाई छुन सकेन।

छुराले प्रेमीको फोक्सोलाई भने सामान्य क्षति पुर्‍याएको छ। उदयपुर त्रियुगा नगरपालिका-१ की मुना विश्वकर्माले प्रेमी लीलबहादुर राईलाई पछाडिबाट छाती वारपार हुने गरी छुरी प्रहार गरेकी हुन्। पछाडीबाट प्रहार भएको छुरा अगाडि छातीको बीच भागबाट दुई इञ्च बाहिर निस्किएको थियो। बेलुका श्रीमान् घर नआएको विषयमा सामान्य भनाभन हुँदा गाईघाटको बसपार्क नजिक ग्यारेजमा काम गरिरहेको अवस्थामा छुरी प्रहार भएको उदयपुरका स्थानीय पत्रकार शुभराज राई बताउँछन् ।

उनीहरूले छ महिना अघि प्रेम विवाह गरेका थिए। राईको घरमा अछूत जात विवाह गरेको भन्दै घरमा अस्वीकार गरेपछि उनीहरू त्रियुगा-२ मा बस्दै आएका थिए। श्रीमान् ग्यारेजमा र श्रीमती होटलमा सहयोगी भएर गुजारा चलाउँदै आएको यो जोडी यतिबेला भने श्रीमती हिरासतमा र श्रीमान् धरानस्थित घोपा क्याम्पमा छन्। यो कस्तो प्रेम ?

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID