Tuesday 7 October 2014

विवाहको तयारीमा हुनुहुन्छ भने ! पहिला केटीका बारेमा यी ७ कुरा ख्याल गर्नुहोस्

विवाहको तयारीमा हुनुहुन्छ भने ! पहिला केटीका बारेमा यी ७ कुरा ख्याल गर्नुहोस्
काठमाडौं । विवाह आफैंमा एक महत्वपूर्ण परिघटना हो । विवाहले मानिसको जीवनमा खुसी र दुःख दुवै दिनसक्छ ।
विवाहका बारेमा हरेक मानिसहरुमा आफ्नै बुझाई रहेका छन् । तर विवाह गर्नु अघि सबैले केटीका बारेमा केही कुरा बुझ्न अत्यावश्यक हुन्छ ।
भनिन्छ, महिलाहरु अपरिचित विदेशी भूमी जस्तै हुन् जसलाई बुझ्न कठिन हुन्छ ।
तर केटीको बारेमा केही कुरा थाहा पाइयो भने त्यसलाई सुधार्न वा वैवाहिक जीवनलाई सरल बनाउँन मद्दत पुग्छ ।

१.कडा बचन

विवाह अघि केटा केटी बिचमा सामान्य सम्बन्ध भएपनि विवाहपछि त्यो अली जटिल बन्छ । पहिले केटीहरुले खासै झगडा नगरेपनि अधिकांश केटीहरुसँग विवाहपछि झगडाका घटना बढेको पाइन्छ । त्यतिमात्र होइन केटीहरु विवाहपछि तपाइँले सोंचे भन्दा कठोर बचन बोल्छन् । यसबारेमा तपाईले बुझ्न सक्नुभएन भने विवाहपछिको सम्बन्ध तपाईलाई निल्नु न ओकल्नु हुनसक्छ ।

२.हरेक विषयमा बहस

अधिकाँश महिलाहरु आफ्ना पुरुषसँग हरेक जसो विषयमा बहस गर्न खोज्छन् । चित्त नबुझेका विषयमा हुने कतिपय यस्ता बहस झगडामा नै परिणत हुन्छन् । कुनै कुरा भन्नुपरे सम्झाई बुझाई वा नोट लेखेर छोडेमा उपयुक्त हुनसक्छ । तर सधैं नोट लेख्नु राम्रो होइन ।

३. खर्चका बारेमा भइरहने तनाब

विवाहपछि खर्चको व्यवस्थापन गर्ने जिम्म पुरुषहरुकै हातमा आइलाग्छ । अधिकाँश महिलाले खर्चको विषयमा श्रीमान्सँग पैसा नदिएको वा नचाहिने कुरामा खर्च गरेको जस्ता विषयलाई लिएर झगडा गर्छन् । तर हरेकपटक खर्चको विषयमा झगडा गरिरहनु सम्बन्धको दीर्घायुका लागि घातक हुन सक्छ । यस्ता विषयमा सावधानी अपनाउन सक्नुपर्दछ ।

४.पतिको परिवारको उपस्थिति

महिलाहरु विवाहपछि आफ्नो पतिको घरका सदस्यहरुको उपस्थितिलाई असहज मान्ने खालका पनि हुन्छन् । सासु, ससुरा, देवरजेठाजु, नन्दआमाजु समेत मन नपराउने स्वभाव हुनसक्छ । धेरै जसो महिलामा हुने यो बानी केटाले बुझेनन् भने सम्बन्ध धरापमा पर्न सक्छ । पतिको घरमा गइसकेपछि महिलाले यो परिवार मेरै हो र यसका सदस्य मेरा पनि सदस्य हुन् भन्ने बुझ्न र केटाले केटीको यस्ता बानीबारे थाहा पाउन जरुरी छ । अन्यथा श्रीमतीका कारण बाबुआमा, दाजुभाई, दिदीबहिनीसँगको सम्बन्ध नराम्रो हुनसक्छ ।

५.जिस्किने बानी

विवाहअघि जति महिलाहरु जिस्कन्छन् विवाहपछि त्यसको मात्रा र रुपमा परिवर्तन हुन्छ । उनीहरु जिस्किरहँदा बढी उत्ताउलो हुने कुरामा सधैं ख्याल गर्छन् । विवाह पछि जिस्किनै हुँदैन भन्ने छैन । तर विवाह पछिको रोमान्समा पनि जिस्किने र ठट्टा गर्ने बानीमा समय, काल अनुसार परिवर्तन ल्यानु जुरुरी हुन्छ । विवाह पछि कुनै पनि महिला प्रेमिका भन्दा बढी पत्नीको रुपमा रहन चाहन्छन् । तर पुरुषहरु भने प्रेमिका जस्तै भइदिए हुन्थ्यो भन्ने ठान्छन् ।

६.आफ्नै साथीहरु बिर्सने

विवाहपछि अधिकाँश महिलाहरु आफ्ना पुराना साथीलाई बिर्सदै जान्छन् । नयाँ सम्बन्ध र नयाँ साथी पाएपछि पुरानालाई याद नगर्ने बानी हुन्छ महिलाहरुमा । तर जव नयाँ सम्बन्धमा समस्या उत्पन्न हुन्छ, त्यसबेला भने उनीहरुले पुराना साथीलाई खोज्न थाल्छन् । महिलाले पुराना साथी भुल्ने समस्या सुधार गरेनन् भने उनीहरुलाई समस्या पर्दा साथ दिनेहरु कोही नहुन सक्छन् ।

७.पतिले साथी ल्याएमा झन्झट मान्ने

महिलाहरु पतिले आफ्ना साथीहरुलाई घरमा ल्याइरहेको मन नपराउने स्वभावका हुन्छन् । पतिले आफूसँग बढी समय विताओस भन्ने चाहानाले उनीहरुलाई पतिका साथी आएको मन पर्दैन । तर यो महिलाको यो बानीबारे जानकारी नभएका अधिकाँश पुरुषले अनावश्यक हैरानीको सामना गर्नुपर्ने हुनसक्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID