Tuesday 2 September 2014

त्रिभुवन विश्‍वविद्यालय: त्रुटि उस्तै तर नतिजा छिटो

काठमाडौं : 'त्रिविले नतिजा त बेलैमा निकाल्यो, तर त्रुटि सच्याउन सकेन' त्रिभुवन विश्‍वविद्यालयले शुक्रबार स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक गरेपछि कार्यमूलक पत्रकारिता विषयमा प्रयोगात्मक विषयको अंक छुटेर अनुत्तीर्ण भएकी सुजाता भण्डारीले भनिन्, 'सबै विषयमा राम्रो अंक आएको छ। तर पत्रकारिता पढेको विद्यार्थीको अभ्यासमूलक पत्रकारिता विषयमा अनुपस्थित लेखिएको छ।

आफैंले बनाएको वार्षिक कार्यतालिकाअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकेको आरोप खेपिरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यो पटक स्नातक तह तेस्रो वर्षको नतिजा समयमै निकालेको हो। शैक्षिक पात्रोअनुसार नतिजा निकाले पनि प्रयोगात्मक विषयमा अंक छुटेको र सोचेअनुसारको अंक नआएपछि अहिले धेरै विद्यार्थी मारमा परेका छन्।

नतिजा सुधार्न अनुरोध गर्दै विद्यार्थी आफू अध्ययनरत कलेज र परीक्षा नियन्त्रक कार्यालय धाउनमा व्यस्त छन्।

जनआन्दोलन २०६२/६३ पछि परीक्षाको नतिजा छोटो समयमा निकालेको यो त्रिविको पहिलो पटक हो। त्यतिखेर आन्दोलनका कारण शैक्षिक क्यालेन्डर अस्तव्यस्त भएपछि त्रिविले वार्षिक पढाइलाई व्यवस्थित गर्न धेरै मेहनत गरे पनि सफल हुन सकेको थिएन।

विद्यार्थीलाई शैक्षिक क्यालेन्डरभन्दा चार महिना बढी कुराएर त्रिविले तेस्रो वर्षको परीक्षा गत चैत र वैशाख महिनामा सञ्चालन गरेको थियो।

परीक्षा नियन्त्रक केशव बाँस्तोलाले भने, 'गत वर्ष परीक्षा भएको सात महिनापछि नतिजा आएको थियो। यो वर्ष साढे तीन महिनामा नै नतिजा सार्वजनिक गर्‍यौं।'

यस वर्षको नतिजाअनुसार धेरैजसो कार्यमूलक पत्रकारिताका विद्यार्थीको अंक छुट भएको छ। अंक छुट हुनुमा आफू दोषी नरहेको पनिकाको दाबी छ। तर परीक्षा दिएर बसेका विद्यार्थी भने समस्याले भौतारिरहेका छन्। 'प्रयोगात्मकअन्तर्गत पर्ने सबै काम पूरा गरेका थियौं।

तर अहिले परीक्षामा अनुपस्थित भनेर आउँदा निकै समस्यामा परेका छौं' पत्रकारितामा नै अंक छुटेपछि समस्यामा परेका अर्का विद्यार्थी सोनाम लामाले भने, 'छुट भएको अंक आउने हो कि होइन। थाहा छैन। अंक आए पनि तत्कालको लागि मानसिक तनाव भयो। हामीले गल्ती नै नगर्दा पनि झन्झट बेहोर्नुपर्‍यो।'

गत वर्ष परीक्षा भएको सात महिनापछि नतिजा आएको थियो। यो वर्ष साढे तीन महिनामा नै नतिजा सार्वजनिक गर्‍यौं।' क्‍याम्‍पसले विद्यार्थीलाई दिएको नम्‍बरको फाइल पनिकामा बुझाएपछि नतिजा निकाल्‍ने हो। क्‍याम्‍पसले नै बुझाउका छैनन् भने हामीले के गर्ने? 
जोरपाटीस्थित वज्र इन्टरनेुनल कलेजका सहप्राचार्य मोतीराज फुयालले आफ्नो कलेजको स्नातक तेस्रो वर्षका ५० जना विद्यार्थीका प्राक्टिकल मार्क छुटेको बताए। उनले भने, 'हामीले सबै विद्यार्थीको फाइल पनिकामा बुझाएका थियौं।

तर पनिकाको लापरबाहीले मार्कसिटमा अंक नचढाउँदा सबै विद्यार्थीलाई अनुत्तीर्ण देखाएको छ। हेर्दा सामान्य देखिए पनि यसले विद्यार्थीलाई ठूलो मानसिक तानाव दिएको छ।'

परीक्षा नियन्त्रक बाँस्तोला प्राक्टिकलको अंक विद्यार्थी अध्ययनरत क्याम्पसले नै दिने भएकोले पनिकाको कुनै भूमिका नहुने बताउँछन्। 'क्याम्पसले विद्यार्थीलाई दिएको नम्बरको फाइल पनिकामा बुझाएपछि पनिकाले नतिजा निकाल्ने हो। क्याम्पसले नै बुझाएका छैनन् भने हामीले के गर्ने?'

बाँस्तोलले भने, 'एकदुई वटामात्र कलेज भएको भए प्राक्टिकलको अंक पठायो कि पठाएन भनेर हेर्न सक्थौं। धेरै भएकोले सम्भव भएन।' क्याम्पसहरूले विद्यार्थीलाई प्राक्टिकल गराएर पनिकामा नतिजा बुझाएर पनि नतिजा प्रकाशनको समयमा त्रुटि आएको भए सच्याउन सकिने बाँस्तोलाले स्पष्ट पारे।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID