Tuesday 2 September 2014

पाँचथरमा बन्यो नया नियम विदेश जानेको श्रीमती भगाए ५ लाख जरिवाना

पाँचथरको प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाए ।
अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् ।
सो रकम पीडित श्रीमानका लागि रहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID