Tuesday 2 September 2014

वैद्य माओवादीद्वारा ८ बुँदे माग पेश (मागपत्र सहित)

काठमाडौं, भदौं १७
। प्रमुख तीनदलसँग भएको छलफलमा नेकपा माओवादीले ८ बुँदे माग अगाडी सारेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको तीनदलसँग छलफलमा नेकपा–माओवादीले सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गर्नुपर्ने मागसहित आँठ बुँदे प्रस्ताव पेश गरेको हो । मागबारेमा आज छलफल भएपनि कुनै निर्णय हुन नसकेको नेताहरुले बताएका छन् । नेकपा माओवादीले राखेको माग बारे मुख्य तीन दलले आन्तरिक छलफल गरेर विहीवार फेरि बस्ने बैठकबाट ठोस निर्णय गरिने बताएका छन् । आजको छलफलमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, नेकपा माओवादी, राप्रपा र नेकपा मालेका शिर्ष नेताहरुको सहभागीता रहेको थियो । सर्वपक्षीय सभाबारे १.नाम:  सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा २.क्षेत्राधिकार : दलहरुबीचमा विगतमा भएका सहमतिहरुको कार्यान्वयन र जनताको संविधान निर्माणलगायत राष्ट्रिय राजनीतिक विषयहरुमा दहरुबीच राष्ट्रिय राजनीतिक सहमति कायम गर्ने । ३. आयोजक :तत्काल नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र नेकपा–माओवादीबीच आपसी सहमतिबाट आयोजना गर्ने । ४. व्यवस्थापन:  नेपाल सरकारले गर्ने । ५. सहभागिता : संविधानसभा–२ मा भएका दलहरु र ३३ दलीय मोर्चामा रहेका दलहरु रहने । ६. कार्यसूची :आयोजक ४ दलले आपसी सहमतिबाट कार्यसूची तय गरी प्रस्ताव गर्ने । ७. निर्णय प्रक्रिया : स्सहभागी सबै दलहरुबीच सहमतीय प्रणालीबाट निर्णय गर्ने । ८. निर्णय कार्यान्वयन: संविधान निर्माणसम्बन्धी निर्णयहरु सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा स्वयम्ले गर्नेछ । राज्यका अन्य निकायहरुमार्फत् कार्यान्वयन गरिनुपर्ने निर्णयहरुको सम्बन्धमा सम्बन्धित निकायहरुको जिम्मेवारी रहेका राजनीतिक दलहरुले गर्ने । मिति : २०७१ जेठ २६ गते नेकपा–माओवादी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID