Sunday 31 August 2014

अमेरिकाले स्लामिक स्टेटका जिहादीका विरुद्धमा शनिबार अबेरदेखि हवाई हमला सुरु

वासिङ्टन: अमेरिकाले इस्लामिक स्टेटका जिहादीका विरुद्धमा शनिबार अबेरदेखि पुनः हवाई हमला सुरु गरेको छ । सो अतिवादी समूहविरुद्ध अमेरिकी युद्धक विमानहरुले आक्रमण थालेका बताइएको छ । अमेरिकी प्रतिरक्षा मन्त्रालयले त्यहाँ अप्ठेरोमा परेका नागरिकलाई सहायता उपलब्ध गराउन तथा अतिवादीहरुलाई निस्तेज पार्न सो कारबाही गरिएको बताएको छ ।

अमेरिकी विदेशमन्त्री जोन केरीले शनिबारमात्र सिरिया तथा इरा
कको उत्तरी भागमा जातिहत्याको विरुद्ध लड्न मुलुकहरूको एक गठबन्धन बनाउन आह्वान गर्नुभएको थियो । सो आक्रमणका साथै सर्वसाधारणलाई आपतकालीन सहायता पनि उपलब्ध गराइएको अमेरिकाले जनाएको छ ।

इराकको अमिरली सहरमा अमेरिकी विमानहरुले सहायता पनि उपलब्ध गराइरहेका छन् । सो सहरमा विगत करिब दुई महिनादेखि खाद्यान्नको अभाव रहेको छ । उक्त सहरमा जाने खाद्यान्नको आपूर्तिलाई उनीहरुले कटौती गरेका छन् । त्यस क्षेत्रबाट उनीहरुलाई निस्तेज पार्न सो आक्रमण आवश्यक रहेको अधिकारीहरुले जनाएका छन् ।

पेन्टागनका प्रेस सचिव जोन कर्बीले हालैका दिनमा आइएसले ती सहरहरुमा आक्रमणलाई जारी राखेका तथा उनीहरुले खाद्यान्नको आपूर्तीका साथै अन्य अत्यावश्यक वस्तुमा पनि रोक लगाएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफूले आईएसलाई पराजित गर्न एकीकृत योजना तयार गरिरहेको जानकारी हालैको एक सार्वजनिक मन्तव्यमा दिनुभएको थियो ।

आइएसले इराक तथा सिरियाको ठूलो भागमा आफ्नो नियन्त्रण कायम गरी त्यसलाई खलिफातको घोषणा गरेको छ र यस क्षेत्रमा अनेकौँ आक्रामक र अतिवादी क्रियाकलापलाई जारी राखेको छ । राष्ट्रपति ओबामाले सेप्टेम्बर महिनामा अमेरिकी सुरक्षा परिषद्को शिखर बैठकको समयमा आईएसलाई नियन्त्रण गर्न एक योजना प्रस्तुत गर्न लाग्नुभएको जानकारी विदेश मन्त्री जोन केरीले दिएका छन् ।

विदेशी आतङ्कवादी लडाकूहरूले हालैका दिनमा इराकमा उत्पन्न गरेको खतराको उल्लेख गर्दै यस विषयमा व्यापक गठबन्धन तयार गनुपर्ने आवश्यकता रहेको बारेमा अमेरिकाले कार्ययोजना बनाएको अधिकारीहरुको भनाई छ ।

जातिहत्याको योजनाविरुद्ध सङ्घर्ष गर्न विश्वव्यापी साझेदारी आवश्यक पर्ने र त्यसमा मानवीय, आर्थिक, कानुन कार्यान्वयन तथा सैनिकलाई गुप्तचरको सहयोग आवश्यक परेको भन्दै यी सबै कार्यलाई एकीकृत रुपमा अघि सारिने तयारी अमेरिकाले गरिरहेको अधिकारीहरुको भनाई छ । - रासस

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID