Sunday 31 August 2014

९५ लाखको ताजसहित म्यानमारकी सुन्दरी फरार घटनाले सबैलाई चकित

 आफूले जितेको ताज लिएर एक सुन्दरी गायब भएको खबर सुन्दा अचम्म नलाग्ने त कुरै छैन । १८ वर्षीया मे मायट नोईले गत मे महिनामा सोलमा आयोजित मिस एसिया प्यासिफिक – २०१४ को उपाधि जितेकी थिइन् ।
घटना वास्तवमा यस्तो छ । म्यान्मारकी यी पहिलो अन्तर्राष्ट्रिय सुन्दरी मायटमाथि आयोजकहरुलाई धोका दिएको र खराब व्यवहार गरेको आरोप लागेको थियो जसका कारण उनीबाट मिस एसिया प्यासिफिकको उपाधि खोसिएको छ । उपाधि त खोसियो तर उनी एक लाख अमे
रिकी डलर (करिब ९५ लाख नेपाली रुपैयाँ) पर्ने ताज लिएर फरार भएकी छिन् ।
आयोजकका मिडिया निर्देशक डेभिड किम भन्छन्, ‘नोईको व्यक्तित्व देखेर हामीले उनलाई अझ राम्री बनाउन चाहेका थियौँ । हामीले उनको ‘बे्रस्ट सर्जरी’ पनि गराएका थियौँ र यात्राको अतिरित्त खर्च व्यवहोरेका थियौँ ।’
किमका अनुसार सुन्दरी आफ्नो देशमा भागिन् र उनले आफ्नो मोबाइल फोन पनि स्विच अफ गरेकी छिन् । समस्या त्यति बेलादेखि उत्पन्न भयो जब नोई आफ्नी आमासँग सोल गएकी थिइन् । हुन त यात्रा केवल १० दिनको थियो तर दुबैले त्यहाँ तीन महिनाको समय बिताए जसका कारण यात्राको खर्च उठाइरहेको आयोजकमाथि निकै आर्थिक दबाब परेको थियो । त्यतिबेला नै नोईमाथि उपाधि खोसिने चेतावनी दिइएको थियो ।
ब्यूटी क्विनको क्राउन लिएर भागेपछि प्रतियोगिताको वेभसाइटबाट अब उनको नाम हटाइएको छ । सुन्दरीले ९५ लाखको ताज लिएर भागेको यो घटनाले सबैलाई चकित तुल्याएको छ । (एजेन्सी)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID