Sunday 31 August 2014

अष्ट्रेलियाको विश्वविद्यालयले तीस लाख छात्रवृत्ति दिने

 अष्ट्रेलियाको प्रख्यात ला ट्रोब विश्वविद्यालयलले आगामी शैक्षिक सत्रमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रु ३० लाख छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयको वाणिज्य, अर्थशास्त्र र कानुन सङ्कायका कार्यकारी डीन प्रा. लि ड्रेकले प्रतिस्पर्धाका आधारमा नेपालीलगायत अन्तर्राष्ट्रिय विद्यार्थीलाई छात्रवृत्ति स्वरुप उक्त रकम उपलब्ध गराइने बताए ।
विश्वभरका तीस हजार विद्यार्थी अध्ययनरत उक्त विश्वविद्यालयमा २६० जना नेपाली पढिरहेका जानकारी दिँदै उहाँले आगामी अक्टोबरदेखि प्रारम्भ हुने स्नातक र स्नतकोत्तर तहमा उक्त रकम छात्रवृत्तिका रुपमा उपलब्ध गराइने बताए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अष्ट्रेलियामा ८४० जना नेपाली अध्ययनरत छन् । अध्ययनसँगै काम गर्ने अवसर प्रदान गर्दै आएका बेलायत र अमेरिकाभन्दा अष्ट्रेलिया लचिलो र ती मुलुकभन्दा बढी ज्याला प्रदान गर्ने देश हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID