Thursday 28 August 2014

ऋषि धमलालाई सभासद् र मन्त्री बनाउनु पर्ने सरकारलाई दवाब नबनाए साना दलले सरकारको समर्थन फिर्ता लिने चेतावनी

काठमाडौ, भदौ १० – संविधानसभामा प्रतिनिधित्व गर्ने २१ सभासद रहेका १२ दलले मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्यमा आफूहरुको तर्फबाट रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नाम सिफारिस गरेका छन् । दलित जनजाती पार्टी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल र थरुहट तराई पार्टी नेपाल लगायतका १२ दलका अध्यक्षहरुले आज संयूक्त रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफूहरुको तर्फबाट २६ मनोनयनमा परेको भागको एक जनाको ठाँउमा धमलाको नाम सिफारिस गरेका हुन् । उनीहरुले राजाको शासनमा लोकतन्त्रको लागि सडक संसद चलाएर आन्दोलन चलाएको, सबैको साझा फोरमको रुपमा सहमतिको लागि भूमिका निर्वाह गरेको भन्दै धमलाको नाम सिफारिस गरेका हुन् । प्रधानमन्त्रीलाई भेटेपछि संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले धमलाको नाम आफूहरुले सिफारिस गरेको जानकारी दिएका हुन । पत्रकार सम्मेलनमा थरुहट तराई पार्टी नेपालका अध्यक्ष गोपाल दहितले आफूहरुले पत्रकारहरुको तर्फबाट उनले खेलेको भूमिकाको सम्मान गर्दै सभासदकोलागि नाम सिफा
रिस गरेको जानकारी दिदै संविधान निर्माणको कार्यतालिका अनुसार संविधान निर्माणलाई अघि बढाउन धमलाले बाहिर जस्तै समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे । उनले आफूहरुले प्रधानमन्त्रीलाई सरकारलाई समर्थन गरेका सानादलहरुको तर्फबाट सभासद मनोनयन गर्नुपर्ने र सरकारमा समेत सहभागि गराउनु पर्ने भन्दै नगरे सररकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको बताए । दहितले प्रधानमन्त्रीले चुनाव हारेका र समानुपातिकको सूचिमा परेकाहरुलाई २६ मा मनोनित नगर्ने स्पष्ट पारेको जानकारी समेत दिए । खुम्बुवान राष्ट्रिय मोर्चा का अध्यक्ष रामकुमार खुम्बुले पत्रकारहरुको प्रतिनिधित्व गराउन धमलाको नाम सिफारिस गरेको भन्दै उनले लोकतन्त्र कठिन अवस्थामा रहेको बेला खेलेको भूमिका र सहमतिको लागि गरेको कामको सम्मान गर्दै ठूला दलहरुले पनि समर्थन गर्नु पर्ने सुझाव दिए । उनले संघीय पहिचानसहितको संविधान बनाउनु पर्नेमा जोड दिए । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ऋषि धमला जस्तो सबैलाई समेट्न सक्ने ब्यक्तित्वको संविधानसभामा आवश्यकता महसुस गरेर उनको नाम सिफारिस गरेको बताए । उनीहरुले प्रधानमन्त्रीसंगको भेटमा आफूहरुको तर्फबाट पनि राजदुत नियुक्ती गर्नुपर्ने माँग राखेको प्रष्ट पारेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID