Friday 21 February 2014

रुनीले हस्ताक्षर गरे साढे पाँच वर्षे सम्झौतामा

म्यानचेष्टर युनाइटेडका स्ट्राइकर वायन रुनीले साढे पाँच वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उनी सन् २०१९ सम्म वल्र्ड ट्राफर्डमै रहनेछन् भने साताको ३ लाख पाउण्ड कमाउनेछन् ।

सम्झौतापछि उनले आफू खुसी रहेको बताएका छन् । म्यानचेष्टर युनाइटेडका लागि ४ सय ३० खेल खेलेका उनले २ सय ८ गोल गरिसकेका छन् ।

एलेक्स फर्गुसनले अवकास लिएपद्धि रुनीले पनि म्यानचेष्टर युनाइटेड छाड्ने इच्छा देखाएका थिए, जतिबेला उनले साताको २ लाख ५० हजार पाउण्ड पाउँथे । चेल्सीले रुनीलाई किन्ने प्रस्ताव गरेपनि म्यानचेष्टरले अस्वीकार गर्दै आएको थियो ।

नयाँ सम्झौतापछि रुनी प्रिमियर लिगको महंगा खेलाडी मध्ये एक भएका छन् । सम्झौता अनुसार रुनीको एक दिनको तलव ४३ हजार तथा वर्षको १५ करोड ६ लाख पाउण्ड भएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID