Thursday 20 February 2014

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई


एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्षेत्रका एकजना किसानले भने एउटै भैंसी हैर राँगो पालेर वर्षकै ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) कमाएका छन् । अर्थात्, मासिक ५ लाखभन्दा बढी ।

कुरुक्षेत्र, सुनरिया गाउँका करमबीर सिंहले आफूले पालेको ‘युवराज’ नामक मुर्रा जातको राँगोबाट आकर्षक कमाइ गरेका हुन् । उनले राँगोको सिमेन (विर्य) बिक्रीबाट यति ठूलो कमाइ गरिरहेका छन् ।

‘साढे पाँच वर्षदेखि हामीले यो भैंसीबाट यथेष्ट कमाइ लिइरहेका छौं’ हिन्दुस्तान टाइम्ससित करमवीरले भने ।

युबराजको बीर्य प्रति डोज ३ सय भारुमा बेच्ने गरिएको छ । वार्षिक १५ देखि २० हजार डोज बीर्य उत्पादन भई बिक्री गर्दै आएको उनी बताउँछन् ।

शुद्ध मुर्रा जातको भैंसीले वार्षिक ४० हजार लिटरसम्म दूध दिने गर्दछ । वर्णशंकर भैंसीले मुस्किलले वार्षिक २ हजार लिटर दूध दिन्छ । करमबीरका अनुसार उनको युवराजको आमाले पनि दैनिक २७ लिटर दूध दिने गरेको करमबीरले सुनाए । दूध बढी दिने र धेरै अवधिसम्म लैनो हुने भएकोले सो जातको राँगोको बीर्यको माग उच्च भएको हो ।

उन्नत नश्लका मुर्राको बीर्य स्थानीय भैंसीमा कृत्रिम गर्भाधानमार्फत् प्रयोग गर्न सकिन्छ । यसबाट स्थानीय भैंसीको दूध क्षमता पनि उच्च वृद्धि हुने गर्दछ ।

‘दूध उत्पादकत्व बढी हुने भएकोले शुद्ध जातको मुर्रा भैंसी पालन लोकप्रिय भइरहेको छ’ पञ्जाब राज्य किसान आयोगका डेरी विशेषज्ञ अनिल कौरा भन्छन् ‘हामीले पनि सिफारिस गरेका छौं ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID