Tuesday 21 January 2014

महेन्द्र यादवलाई सफाइ

महेन्द्र यादवलाई सफाइ

काठमाडौं– सर्वोच्च अदालतले तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष तथा संविधानसभा सदस्य महेन्द्र यादवलाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ। पूर्वसिँचाइ सचिवलाई पदस्थापना गर्नू भन्ने सर्वोच्चको आदेश पालना नगरी अवहेलना गरेको भन्दै सर्वोच्चले यसअघि उनलाई ६ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय सुनाएको थियो।

न्यायाधीश कल्याण श्रेष्ठ र गिरीशचन्द्र लालको इजलासले यादवले अदालतमा चित्तबुझ्दो क्षमायाचना गरेको भन्दै सफाइ दिने निर्णय सुनाएको हो।
सरकारले तत्कालीन सिंचाइ सचिव बृन्दा हाडालाई अवकाश पाउनुभन्दा एक महिनाअघि नै महालेखा नियन्त्रकमा सरुवा गरेको थियो। सरुवाविरुद्ध हाडाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सो रिटमा सर्वोच्चले पुरानै स्थानमा पदस्थापन गर्न अन्तरिम आदेश जारी गरेको थियो। तर अदालतको आदेश अटेर गर्दै तत्कालीन मन्त्री यादवले प्रतापकुमार पाठकलाई उक्त स्थानमा सरुवा गरेका थिए। अदालतको आदेशविपरीत पाठकलाई सचिव बनाइएको भन्दै हाडाले अपहेलना निवेदनमा दायर गरिन्। अदालतले सचिव र मन्त्रीलाई जरिवाना गर्ने निर्णय सुनाएको थियो। सचिव पाठकले सर्वोच्चबाट यसअघि नै सफाइ पाइसकेका छन्।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID