Wednesday 15 January 2014

गुगलमा सर्च भएपछि हिन्दी सिनेमा निर्देशन गर्दै शोभित बस्नेत

काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक शोभित बस्नेतले आफ्नो हिन्दी सिनेमा निर्देशन यात्राको बारेमा यसरी खुलाए । उनले निर्देशन गर्न लागेको हिन्दी सिनेमाको नाम ‘मे ओ नही’ राखिएको छ ।
नेपालका ३ र साउथ इन्डियाका ३ हिरोइनले यो सिनेमामा काम गर्नेछन् । चलचित्रका नायक पनि साउथका नै हुने बताइएको छ । लुबेना इन्फो मिडिया प्रालीले निर्माण गर्न लागेको सिनेमाको बजेट १० करोड भनिएको छ । काठमाण्डौ, देहरादुन, मरिसस, दुबई र लण्डनमा सिनेमाको छायांकन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
करिब ३ महिनामा सिनेमाको छायांकन सकिने छ । चलचित्रमा दिनेश दर्शनधारी र विजय सत्यालको सह लगानी रहनेछ । चलचित्रको छायांकन जनवरी अन्तिमबाट सुरु हुनेछ ।
लुबेना इन्फो मिडियाले नेपालकै निर्देशक लिएर साउथ सिनेमाको रिमेक बनाउने तयारी गरेको थियो । जसका लागि गुगलमा नेपाली निर्देशकहरुको बारेमा खोज्दा शोभित सबैभन्दा बढि चर्चित रहेको पाएपछि उनलाई लिइएको हो । निर्देशक शोभित बस्नेतले गुगललाई हिन्दी सिनेमासम्मको यात्रा गराइदिएकोमा धन्यवाद दिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID