Wednesday 15 January 2014

‘एभरेष्ट’ सुटिङ गर्न हलिउड स्टारहरु काठमाण्डौंमा

बिश्वको सर्वोच्च शिखर सगरमाथासम्बन्धी सिनेमा निर्माणका लागि हलिउड स्टारहरु काठमाण्डौ आइपुगेका छन् ।
हलिउड स्टारहरु जोस ब्रोलिन, ज्यासन कलार्क, जोन हेक्स, मार्टिन हेडर्सन यतिबेला काठमाण्डौ छन् । उनीहरु निर्माणाधीन चलचित्र ‘एभरेष्ट’ को सुटिङका लागि बिहीवार लुक्ला प्रस्थान गर्दैछन् ।
फिल्म ‘एभरेष्ट’ सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा भएको दुखद् दुर्घटनाका बिषयमा केन्द्रीत रहेको बताइएको छ । जेक ग्लेनहलले यसमा आरोहण टोली नेताको भूमिका निभाउने छन जसले आरोहणका क्रममा ज्यान गुमाएका थिए ।
निर्माण टोलीले सोमबार मात्र सूचना तथा संचार मन्त्रालयमार्फत् सुटिङका लागि अनुमति लिएको थियो । दुई साताका लागि अनुमति पाएका उनीहरुले सगरमाथा आधार शिविरमा सुटिङ गर्नेछन् ।




No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID