Wednesday 15 January 2014

अमिताभ बच्चनसँगको सिनेमा छोडिन् परिणितीले


यो क्षणलाई निक्कै दुर्भाग्यपूर्ण भन्दै बलिउड चुलबुले नायिका परिणिती चोपडाले एक आशातित सिनेमा छोडेकी छिन् । अमिताभ बच्चनको छोरीको रुपमा उनलाई सिनेमामा अफर गरिएको थियो ।
तर अर्को एक ठूलो सिनेमासँग छायांकन मिति जुधेपछि परिणितीले अमिताभ बच्चनसँग काम गर्ने अवसर गुमाएकी हुन् । ‘पीकु’ नाम गरेको यो सिनेमालाई सुजित सरकारले निर्देशन गर्दैछन् । सुुजितले यसअघि बनाएको चलचित्र ‘विक्की डोनर’ सर्वाधिक हिट भएको थियो ।
यो सिनेमालाई जूही चतुर्वेदीले लेखेका हुन् । यसलाई बलिउडमा अपेक्षाका साथ हेरिएको छ । परिणितीले अमिताभ बच्चनसँग चाडै नै काम गर्ने मौका मिल्ने आशा पनि गरेकी छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID