Wednesday 22 January 2014

विज्ञापन गरेर १० हजारमै बच्चा बेचिन् कुमारी आमाले

केही आमाबाबु यतिसम्म क्रुर हुनसक्छन् कि आफ्नो सन्तानलाई समेत बेच्न पछि पर्दैनन् । चिलीमा यस्तै घटना सार्वजनिक भएको छ । एक युवतीले आफ्नो बच्चा फेसबुकमार्फत मात्र ६८ पाउन्डमा बचेको प्रहरीले जनाएको छ । बच्चा बेचेको भन्दै प्रहरीले वेरेनिका नाम गरेकी १८ वर्षीया युवतीलाई पक्राउ परेको छ । समाचारहरुमा जनाइएअनुसार उनी २०१३ फेब्रुअरीमा २ महिनाको गर्भवती दिइन् । उनले आफ्ना १७ वर्ष प्रेमीलाई गर्भ बसेको बताइन् र कसैलाई नभन्न आग्रह गरिन् । तर, आमा र दिदीसँग उनले आफू आमा बन्न लागेको लुकाउन सकिनन् । ४२ वर्षकी आमा एन्जेला र २४ वर्षकी दिदी डेनिलाले बच्चा बेच्न, गर्भपतन गर्न वा धर्मसन्तानका रुपमा अरुलाई दिन भने । परिवारको दबावमा उनले गर्भमा भएको बच्चा बेच्ने सूचना फेसबुकमा राखेपछि एक जोडीले किन्ने प्रस्ताव राखेको बताइएको छ । नोभेम्बर ४ मा बच्चा जन्मियो र निकै कम मूल्यमा बच्चा बेचियो पनि । घटनामा संलग्न रहेको आरोपमा युवतीकी आमा र दिदीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID