Wednesday 22 January 2014

बेहुलीलाई हिउँमा फ्याँक्ने !

नेपाली समुदायमा आफ्नी चेलीलाई बेहुलाको घर पठाउनुअघि दाजुभाइले बोकेर गाडी चढाउँछन् । यो बेला बेहुली पक्षमा दुःख मनाऊ हुन्छ ।
 तर, जापानका मात्सुनोया सहरमा भने बेहुली विदा हुनुअघि माइती पक्षबाटै हिउँमा फ्याँकिनु पर्दछ ।
मायानिची शिम्बुन अखबारका अनुसार बेहुलीलाई हिउँमा फ्याँक्ने अनिमात्र बेहुलाको घर पठाउने चलन छ । अहिलेसम्म सात जना बेहुलीलाई हिउँमा फालिसकेको बताउने एक स्थानीयबासी भन्छन् ‘आउँदो विहेमा पनि मैले नै बेहुली फाल्ने पालो पाएको छु ।’
यो परम्परा ३ सयदेखि ६ सय वर्षभन्दा पुरानो भएको विश्वास गरिन्छ । आफ्ना गाउँले तरुनीहरु अरुको अर्धाङ्गिनी बनेको बदला लिन स्थानीय तन्नेरी युुवाहरुले बेहुली फाल्ने चलन सुरु गरेको अनुमान गरिन्छ 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID