Friday 17 January 2014

मलेसियामा शिव श्रेष्ठसँग अनु शाह नाच्ने

‘रिमिक्स धमाका’को सातौ श्रृङ्खलामा नायिका अनु शाहले पुराना नायक शिव श्रेष्ठसँग कम्मर मर्काउँनेछिन् । जीरो माइलको आयोजनामा जनवरी ३१ देखि फ्रेबुअरी २ सम्म मलेसियाका विभिन्न स्थानमा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।
जनवरी ३१, फ्रेबुअरी १ र २ मा मलेसियाको क्वालालम्पुर, जोहोरबारु र मुआरमा नेपाली कलाकारहरुले त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिनेछन् । जीरो माइलले सन् २००४ देखि यस्तो कार्यक्रम गर्दै आएको छ । शिव र अनुका साथमा गायक मिङ्मा शेर्पा, गायिका बिष्णु चेम्जोङ, लोक गायक तथा संकलक शिव हमाल, गायिका मन्जु महत्त, हाँस्य कलाकार बिष्णु सापकोटाको रमाइलो प्रस्तुती ‘रिमिक्स धमाका’मा हुनेछ । कार्यक्रमबाट भएको मुनाफाको १० प्रतिशत सामाजिक सेवामा लगाइने बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID