Friday 17 January 2014

सन्नीको जवानीको अघि फिक्का हनी

‘चेन्नई एक्सप्रेस’को ‘लुङ्गी डान्स’ बोलको गीत तयार पारेर एकाएक चर्चामा आएका हनी सिंहलाई हट नायिका सन्नी लियोनीले भने ओझेलमा पारिदिइन् ।
बालाजी फिल्मस्को ब्यानरमा तयार भैरहेको चलचित्र ‘रागिनी एमएमएस २’ मा सन्नीको क्रेज देखिएको हो । चलचित्रको एक आइटम गीतमा सन्नी र हनी देखिदैछन् । चलचित्रको यो गीतको छायांकनको पहिलो दिन सामान्य तबरबाट नै बितेको थियो । तर दोश्रो दिनमा जब सन्नी लियोनी पनि सेटमा उपस्थित हुने चर्चा चल्यो दर्शकको भिड थामिनसक्नु भयो ।
सन्नी लियोनीलाई हेर्ने भिड बढेपछि निर्माण यूनिटले थप सुरक्षाकर्मी बोलाउनु परेको थियो । सन्नी लियोनीको अगाडि चर्चित र्‍यापार हनी सिंहको स्टारडम फिक्का देखियो । छायांकन स्थलमा सबैलाइ मोबाइल अफ गर्न लगाइएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID