ट्राभल लिभिङ च्यानलमा प्रशारित ‘मेरो अनौठो दुब्यसनी’ कार्यक्रममा ४३ वर्षीया महिलाले आफूले ३ वर्षदेखि पेन्ट पिउने गरेको सार्वजनिक गरेकी छन् ।
दुई सन्तानकी आमा हीथर बालले अहिलेसम्म झण्डै तीन ग्यालिन रंग पिइसकेकी छिन् । ‘जब घाँटीबाट तल जान्छ, यो दूध वा बाक्लो तरल पदार्थ जस्तो हुन्छ’ उनले भनेकी छिन्–‘निकै तातो र राम्रो महशुस गर्छु । यो रासायनीक स्वाद मेरो लागि राम्रो छ ।’
उनी बजार गएर मन पर्ने पेन्ट छान्छिन आफ्नो तलतल मेट्न । आमाको निधन भएपछि आफू यो कूलतमा फसेको उनले बताइन् । तर, अहिलेसम्म उनले पेन्ट पिउने गरेको परिवारका सदस्यलाई पनि थाहा थिएन । बच्चाको अगाडी आफुले कहिले पनि रंग नपिएको उनले बताइन् ।

No comments:
Post a Comment