Saturday 4 January 2014

चनियाँ कृषक, जसले उपचार खर्च नपाएर घरेलु हतियारले खुट्टा काटे

http://meroknowledge.blogspot.com/
बिश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रुपमा स्थापित चीन । जहाँका सम्बृद्धिका खवरले बिश्वभरका संचारमाध्यम ढाकिएका हुन्छन आजकल । तर, त्यही चीनभित्र यस्ता किसान पनि छन, जसले उपचार खर्च नपाएपछि आफैंले घरेलु हतियार प्रयोग गरि आफ्नो खुट्टा काट्न बाध्य भएका छन् ।

उत्तरी चीनको हेवेइ प्रान्तका जेङ येनलियाङको खुट्टामा गत वर्ष संक्रमण भएको थियो, जसका कारण रगत प्रवाह हुन सकेको थिएन । यो समस्या बढ्दै गएपछि उनको गोडाको केही भाग सड्न थालेको थियो ।

४७ वर्षका जेङ उपचारका लागि डाक्टरकहाँ पुगे । तर, चिकित्सकले अपरेशन गर्नुपर्छ र खुट्टा समेत गुम्न सक्छ भने । जेङ भन्छन-’मैले कति पैसा लाग्छ भनेर सोधेँ । उनले अपरेशनका लागि ३ लाख युआन लाग्ने बताए । दुबै खुट्टाको अपरेशन गर्न १० लाख युआन चाहिने रहेछ । मसँग २० हजार यूआन मात्र थियो ।’

चिनियाँ सरकारको ग्रामिण स्वास्थ्य बीमा योजनाबाट पनि उनको उपचार खर्च पूरा हुनसक्थ्यो । तर, यो उपचारपछि मात्र पाइन्छ । अपरेशनका लागि पैसा नभएपछि उनीसँगै कुनै विकल्प थिएन र दुःखाई बढ्दो थियो । उनी भन्छन्-’तीन महिनासम्म ओछ्यान परेँ । मेरो गोडा कालो हुँदै गयो । मासुमा किरा पर्न थाल्यो भने दायाँ गोडामा हड्डी नै बाहिर देखिन थाल्यो । ‘

खुट्टा काट्ने फैसला स्मरण गर्दै उनले भनेका छन्- विस्तारामुनी मैले अचानो र सानो चक्कु भेटेँ, त्यसैको सहयोगले आफ्नै खुट्टा काटेँ ।’ यो सब गर्दा उनको पसिना छुटेको थियो । झण्डै २० मिनेट लाएर खुट्टा काटेका उनी बेहोश भने भएनन् ।

उनले २०१२ अपि्रलमा खुट्टा काटेका थिए, तर हालै मात्र चिनियाँ सञ्चार माध्यमहरुमा यो खबर आएको छ । त्यसपछि उनलाई ३ लाख युआन सहयोग समेत जुटेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID