Sunday 26 January 2014

आउँदै छ ५जी प्रबिधि, एक सेकेण्डमा पुरै फिल्म डाउनलोड

मोबाइल प्रबिधिमा अहिलेसम्म ४जी प्रबिधिलाई अत्याधुनिक मानिन्छ । जसबाट मोमाइलमै एचडी प्रबिधिको टेलिभिजन र भिडियो हेर्न सकिन्छ ।
तर, अब मोबाइल प्रबिधिको दुनियाँमा ५जी प्रबिधि पनि आउँदै छ जसका माध्यमबाट प्रयोगकर्ताले १ सेकेण्डमै पुरै तीन घण्टाको फिल्म डाउनलोड गर्न सक्नेछन् ।
समाचार समिति एएफपीका अनुसार दक्षिण कोरियाली सरकारले आगामी ६ बर्षभित्र यस्तो प्रबिधि प्रयोगमा ल्याउने गरि परियोजना सुरु गरेको छ । ४जी प्रबिधिको पहिलो प्रयोग पनि दक्षिण कोरियामै सन् २००६ मा भएको थियो ।
कोरियाको बिज्ञान मन्त्रालयका अनुसार अहिलेको ४जी प्रबिधिभन्दा झण्डै १ हजार गुना बढि गतिको हुने छ ५जी
‘अहिले पनि युरोप, चीन र अमेरिका ५जी प्रबिधिको बिकाशमा लागिरहेका छन, तर हामीलाई बिश्वास छ यो प्रतिस्पर्धामा हामी अब्बल ठहरिने छौं’ मन्त्रालयले भनेको छ ।
मन्त्रालयले सन् २०१७ मा परिक्षणका रुपमा ५जी प्रबिधि सुरु गर्ने छ भने सन् २०२० सम्म ब्यबसायिक प्रयोग नै सुरु हुने छ ।
मोबाइल नेटवर्कका नयाँ फिचरहरुको बिकाशलाई प्राथमिकता दिने कोरियाको योजना छ । यो परियोजना कार्यन्वयनका लागि स्थानीय टेलिकम अपरेटर तथा मोबाइल फोन निर्माताहरु सामसुङ र एलजीकोसमेत सहयोगको अपेक्षा गरिएको छ ।
योसँगै दक्षिण कोरियाले मोबाइल नेटवर्क पूर्वाधारमा पनि लगानी केन्द्रित गर्ने तयारीमा छ । मोबाइल डिभाइसमा ३० प्रतिशत हिस्सा रहे पनि नेटवर्क पूर्वाधारमा भने दक्षिण कोरियाको ४ दशमलव ४ प्रतिशतमात्र हिस्सा छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID