Sunday 26 January 2014

दाइलाई बचाउन भाईले आत्महत्या गरे

आमाबाबुले आफ्नो दाईलाई बचाउने इच्छा व्यक्त गरेपछि चीनमा एक युवकले आत्महत्या गरेका छन् । २०१० मा करिव ६ महिनाको अन्तरमा २० वर्षीय होङयोङ र १८ वर्षीय होङटाओको किन्डीले काम गर्न छाडेको थियो । छोराहरुको उपचारमा स्वान्यु र पत्नी झ्याङ टिनसियाले भएभरका सबै सम्पत्ति बेचे ।
छोराहरुलाई बचाउने आमाबाबुको इच्छा पुरा नहुने खतरा बढेपछि होङटाओले आफूलाई कोठामा थुनेर विष पिए । उनले सुसाइड नोट समेत लेखेका थिए । निकै मर्मस्पर्शी रुपमा उनले लेखेका छन्–‘दाई जब तपाई ठिक हुनुहुन्छ मलाई भन्नुहोला । मेरो लागि यो पर्याप्य हुनेछ ।’
२०१० अघिसम्म स्वान्यु र पत्नी झ्याङ टिनसियाको परिवार राम्ररी चलेको थियो । दुबै छोरा आफ्नो कक्षामा प्रथम हुन्थे । उनीहरुले एन्हुई प्रान्तमा घर समेत बनाएको थियो

तर, दुभाग्र्य २०१० मा केही महिनाको अन्तरमा दुबै छोराको एक–एक किड्नीमा सदस्या देखियो । उनीहरु भएभरको सबै सम्पत्ति बेचे, साथीहरुले सहयोग जुटाए तर अझै उपचार खर्च पुगेन ।
आमाबाबु तनावमा पर्दै गएको देखेपछि होङटाओले आत्महत्या गर्ने निर्णय लिए । उनले सुसाइड नोटमा लेखेका छन्– मलाई विश्वास छ, अब तपाईमा मात्र भएपछि तपाई आफ्नो जीवन बचाउन सक्षम हुनु हुनेछ ।’

परिवारका सदस्यले तत्काल अस्पताल पु¥याए पनि विष सेवन गरेका होङटाओलाई बचाउन सकिएन । उनको किड्नी दाईलाई प्रत्यारोपण गरिएको छ । यो खवर फैलिएपछि परिवारलाई सहयोगको ओइरो लाग्न थालेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID