Showing posts with label health crime. Show all posts
Showing posts with label health crime. Show all posts

Saturday 4 January 2014

चनियाँ कृषक, जसले उपचार खर्च नपाएर घरेलु हतियारले खुट्टा काटे

http://meroknowledge.blogspot.com/
बिश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रुपमा स्थापित चीन । जहाँका सम्बृद्धिका खवरले बिश्वभरका संचारमाध्यम ढाकिएका हुन्छन आजकल । तर, त्यही चीनभित्र यस्ता किसान पनि छन, जसले उपचार खर्च नपाएपछि आफैंले घरेलु हतियार प्रयोग गरि आफ्नो खुट्टा काट्न बाध्य भएका छन् ।

उत्तरी चीनको हेवेइ प्रान्तका जेङ येनलियाङको खुट्टामा गत वर्ष संक्रमण भएको थियो, जसका कारण रगत प्रवाह हुन सकेको थिएन । यो समस्या बढ्दै गएपछि उनको गोडाको केही भाग सड्न थालेको थियो ।

४७ वर्षका जेङ उपचारका लागि डाक्टरकहाँ पुगे । तर, चिकित्सकले अपरेशन गर्नुपर्छ र खुट्टा समेत गुम्न सक्छ भने । जेङ भन्छन-’मैले कति पैसा लाग्छ भनेर सोधेँ । उनले अपरेशनका लागि ३ लाख युआन लाग्ने बताए । दुबै खुट्टाको अपरेशन गर्न १० लाख युआन चाहिने रहेछ । मसँग २० हजार यूआन मात्र थियो ।’

चिनियाँ सरकारको ग्रामिण स्वास्थ्य बीमा योजनाबाट पनि उनको उपचार खर्च पूरा हुनसक्थ्यो । तर, यो उपचारपछि मात्र पाइन्छ । अपरेशनका लागि पैसा नभएपछि उनीसँगै कुनै विकल्प थिएन र दुःखाई बढ्दो थियो । उनी भन्छन्-’तीन महिनासम्म ओछ्यान परेँ । मेरो गोडा कालो हुँदै गयो । मासुमा किरा पर्न थाल्यो भने दायाँ गोडामा हड्डी नै बाहिर देखिन थाल्यो । ‘

खुट्टा काट्ने फैसला स्मरण गर्दै उनले भनेका छन्- विस्तारामुनी मैले अचानो र सानो चक्कु भेटेँ, त्यसैको सहयोगले आफ्नै खुट्टा काटेँ ।’ यो सब गर्दा उनको पसिना छुटेको थियो । झण्डै २० मिनेट लाएर खुट्टा काटेका उनी बेहोश भने भएनन् ।

उनले २०१२ अपि्रलमा खुट्टा काटेका थिए, तर हालै मात्र चिनियाँ सञ्चार माध्यमहरुमा यो खबर आएको छ । त्यसपछि उनलाई ३ लाख युआन सहयोग समेत जुटेको छ ।

मान्छेको दिमाग चोरेर अनलाइनबाट बिक्रि !

http://meroknowledge.blogspot.com/
घटना कुनै हरर हलिउड फिल्मको कहानी भन्दा कम छैन । तर, बास्तविक हो । पैसाका लागि एक व्यक्तिले मेन्टल प्यासेन्टको ब्रेन चोरेर इबे वेबसाइटमार्फत बेचेका छन् ।

इन्डियानापोलिसमा बस्ने २१ वर्षीय डेविड चाल्र्समाथि इन्डियाना मेडिकल हिस्ट्री म्यूजियमबाट ह्युमन ब्रेन राखिएको बट्टा र अन्य मानव अंग चोरीको आरोप लागेको छ ।

डेविडले म्युजियमबाट धेरै पटक चोरी गरेको र लिलामी वेबसाइट इबेमार्फत बेचेको बताइएको छ । १९४८ देखि १९९४ सम्म यो सेन्ट्रल स्टेट हस्पिटल थियो, जहाँ मनोविकारी एवं मानसिक रुपमा अस्वस्थ मानिसहरुको उपचार हुन्थ्यो, जसलाई अहिले म्युजियममा परिर्वतन गरिएको छ ।

एक व्यक्तिले इबेमार्फत ६०० डलरमा ह्युमन बेनको ६ बटा बट्टा किनेका थिए । ती बट्टामा म्युजियमको स्टिकर भेटिएपछि चोरीको रहस्य खुलेको हो । प्रहरीले इबेको डिटेलका आधारमा डेविड पत्ता लगाएपछि ग्राहकको नाटक गरेर पक्राउ गरिएको थियो ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID