Sunday 26 January 2014

लभ गरेको भन्दै यस्तो कठोर बलात्कारको सजाय

भारतको पश्चिम बंगालमा गैरआदिवासी युवकसँग प्रेम गरेको भन्दै एक युवतिलाई गाउँको पञ्चायतले सामुहिक बलात्कारको सजाय दिएको छ । २० वर्षीय युवतिलाई गाउँलेकै उपस्थितिमा १२ जना पुरुषले सामुहिक बलात्कार गरेका छन् ।

बलात्कारमा संलग्न १२ जना सहित बलात्कारको सजाय सुनाउने प्रधानपञ्चलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारीको सिकार बनेकी युवतिको उपचार भइरहेको छ । समाचारमा जनाएअनुसार राजारामपुर गाउँकी ती किशोरीको छिमेकी चौहाटा गाउँका एक गैरआदिवासी युवकसँग प्रेमसम्बन्ध रहेको थाहा भएपछि यस्तो घटना घट्न गएको हो ।

गैर आदिवासी युवकसँग प्रेम रहेको भन्दै बिहेको प्रस्ताव घरमा लगेपनि युवतिको प्रेम सम्वन्धबारे खुलासा भएको हो । लगत्तै बसेको गाउँपञ्चायतमा हातबाँधेर लगिएका युवा युवतिको बिचार सुनेपछि गाउँ पञ्चायतले २५ २५ हजार जरिवाना तोकेको थियो ।

केटा पक्षले तत्काल तिरेपनि गरिव केटी पक्षले तिर्न नसकेपछि सामुहिक बलात्कार गर्न आदेश दिएको थियो हात बाँधिएको अवस्थामा युवतिलाई गाउँको सार्वजनिक स्थानमै १५ बर्ष सम्मका १२ पुरुषले पालैपालो र सामुहिक बलात्कार गरेर बेहोस बनाएका थिए ।
घटनाको दुईदिनपछि प्रहरीमा केटीपक्षले उजुरी दिएपछि घटना बाहिर आएको हो ।
एजेन्सी ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID