Tuesday 31 December 2013

माइनस ४५ डिग्रीको चिसोमा बस्ने आदिवासी, पहिलोपटक सार्वजनिक भयो तस्वीर

हड्डीसमेत जम्ने माइनस ४५ डिग्री चिसो क्षेत्र जसलाई यो पृथ्वीको अन्तिम विन्दु भन्दा फरक नपर्ला । तपाई कल्पना पनि गर्न सक्नुहुन्न होला, यस्तो ज्यानै खाने चिसोमा बिना सुबिधा, बिना आधुनिकता एउटा आदीवासी समुदाय सयौं बर्षदेखि आफ्नो जिविका चलाइरहेका छन् ।

नेपालका राउटेजस्तै घुमन्ते जीवन जिउने रसियाको एउटा आदिवासी समुदाय यस्तै चिसोमा गुजारा चलाइरहेको छ । जहाँ पुगेर रुसी फोटोग्राफर सासा लीअहोवसेनकोले आफ्नो क्यामरामा विचित्रको जीवन जिउने जनजातिको जीवनशैली तस्वीरमा उतारेका छन् । रुसको टुन्ड्राको चुकोटामा बस्ने यो घुमन्ते जनजातिका पुरुष, महिला, बच्चा र पाल्तु जनावर र उनीहरुको जीवनशैलीको तस्वीर सम्वभत पहिलोपटक बाहिर आएको छ । उनले खिचेको आफ्नै तस्वीर हेर्दा आदिवासीहरु निकै आश्चर्यमा परेका थिए ।

उनले २०११ मा टुन्ड्राको चुकोटा क्षेत्रको यात्रा गरेका थिए । यो वर्ष उनी दोस्रो पटक त्यहाँ गएका हुन् । त्यो क्षेत्र जहाँ न सडक छ न जीवन चलाउन चाहिने अन्य आवश्यकता नै । मानिसहरु हिउँले ढाकिएको झुप्रामा बस्छन् । उनीहरुको सहारा घरपालुवा जनावर नै हो, जसको मासु खाएर उनीहरु जीवन निर्वाहा गर्छन् । फोटोग्राफर लीअहोवसेनको उनीहरुको पहिलो पाहुना थिए, जसले आफ्नो जीवन जोखिममा राखेर त्यहाँ जाने साहस गरे ।

हेरौं, जोखिममा पनि आनन्दसाथ जीवन बिताइरहेका यी आदिवासीको जीवनशैली–




No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID