Showing posts with label poltical crime. Show all posts
Showing posts with label poltical crime. Show all posts

Wednesday 19 November 2014

काभ्रेको पाँचखालबाट लुटिएको ३६ केजी सुन लुट प्रकरणमा मुछिए एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

मंसिर २, मंगलबार, दुई साता अगाडि काभ्रेको पाँचखालबाट लुटिएको ३६ केजी सुन लुट प्रकरणमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुछिएका छन् । चीनबाट नेपाल अबैधरुपमा भित्र्याइएको ३६ केजी सुन लुट काण्डमा पुष्पकमल दाहालका पूर्व सवारी चालक उज्वल लामा पक्राउ परेपछि उक्त रहस्य खुलेको हो । उज्वल लामालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेपनि अनुसन्धान नै नगरी प्रचण्डको दबाबमा छाडेको स्रोतले बतायो । सोही अवैध सुन लुट प्रकरणमा उज्वल लामालाई सघाउने काभ्रेका गुण्डा वाला लामाको समूह उक्त घटनापछि एमाओवादीका नेता तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ उर्फ लालध्वजको घरमा रात विताउनुले पनि लुट प्रकरणमा एमाओवादी नेताहरुको संलग्नता पुष्टि हुने आधार मिलेको छ । लालध्वज अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । स्रोतका अनुसार गत १५ कार्तिकमा खासाबाट अबैध रुपमा राजधानी भित्र्याउन लागिएको ३६ केजी सुन प्रचण्डका पूर्व सवारी चालक तथा प्रकाश दाहाल निकट एमाओवादीका काठमाडौं सेक्रेटरी उज्वलको योजनामा लुटिएको थियो । काभ्रेली समूहमा आवद्ध गुण्डाका रुपले चिनिने वाला लामाको समुहले उज्वललाई सघाएको थियो ।

लुटेराको समूहले पाँचखालबाट गाडि नियन्त्रणमा लिई सुनसहितको बुलेरो गाडिलाई काभ्रेको लामीडाँडा पु¥याएको थियो । कामीडाँडा पु¥याई सुन लुटेपछि मात्र सुन लुटिएको प्रहरीले सुईको पाएको थियो । ३६ केजी सुन उब्जल लामा र बुलेरो गाडिको चालक जंगबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपनि लुटिएको सुन बरामद भएको छैन । चालक बिश्वकर्माले उक्त लुट प्रकरणमा उज्वल लामा र वाला लामालगायतका केही ब्यक्तिले नियन्त्रमा लिई अपहरण गरेको मौखिक जाहेरी दिएपनि पक्राउ परेका उज्वललाई भने राजनीतिक दबाबपछि अपराध महाखाखा प्रहरीले अनुसन्धान नै नगरी छाडेको स्रोत बताउँछ । यो सुन लुट प्रकरणलाई अपराध महाशाखा हनुमानढोकाकी डीएसपी मिरा चौधरीले अनुसन्धान गरिरहेकी छिन् । डीएसपी चौधरी चरी ईन्काउण्टर काण्डमा समेत मुछिएकी थिइन् ।

उता प्रहरीले भने काभ्रेका गुण्डा वाला लामालाई ब्यापक खोजी गर्न थालेको छ । वाला एमाओवादी नेता लालध्यजको शरणमा पुगेको बताईन्छ । प्रचण्डका पूर्व सवारी चालक उज्वल पक्राउ परेको दिन अर्थात ९गत २० कार्तिक० राती वाला लामाले पेश्सीकोलास्थित लालध्वजको निवास रात बिताएका थिए । स्रोतका वाला भोलीपल्ट मात्र काभ्रे हानिएको थिए भने सुन चालक विश्वकर्मा,उज्वल लामा र वालाको मिलोमत्तोमो लुटिएको थियो । चालक बिश्वकर्माले बिगत तीन बर्षदेखि अबैध सुन तातोपानीबाट राजधानीसम्म क्यारिङको काम गर्दै आएका थिए । उनले तीन बर्षमा नै खासाको लिपिङमा करोडौंको महल खडा गरेका छन् । चालक बिश्वकर्माको सहयोगमा उज्वलले लुट्ने सेटिङ तयार गरेपछि ३६ केजी सुन लुटिएको थियो । तर, अवैध सुनका मालिक को हुन रु भन्ने कुरा अझै पुष्टि हुन सकेको छैन । स्रोतका अनुसार उक्त सुनका मालिक बौद्ध पीपलबोट भित्र बस्ने तिब्बतियन नागरिक हुन् । चालक भने सुन लुटेको पुष्टि गर्न आफू अपहरणमा परेको भन्दै प्रहरीमा जाहेरी दिन भोलीपल्ट पुगेका थिए । काभ्रेमा भएको अपराध जिल्ला प्रहरी कार्यालय काभ्रे र घटना भएको स्थानमा रहेको ईलाका प्रहरी कार्यालय पा“चखाललाई कुनै जानकारी नहुनु तथा सवारी चालक सुन लुटिएको भोलीपल्ट अपराध महाशाखा हनुमानढोकामा उजुरी लिएर पुग्नुले समेत चालकको सेटिङमा सुन लुटिएको पुष्टि हुन्छ ।

स्रोतका अनुसार ३६ केजी सुन मध्ये ३० केजी चालक बिश्वकर्मा र उज्वलले सुरक्षित ठाउँमा पु¥याई बाँकी ६ केजी सुन गुण्डा वालाको समूहलाई परिचालन गरेर लुटाएपछि ३६ केजी सुन लुटिएको सूचना अवैध सुनका मालिककहाँ पु¥याएका थिए । अवैध सुनका मालिकले लुटेराको समूहले अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिन भनेपछि मात्र चालक बिश्वकर्मा बाध्य भएर भोलीपल्ट प्रहरीका पुगेका थिए । स्रोतका अनुसार ३० केजी सुन प्रचण्डको निवास वा कुनै सुरक्षित ठाँउमा पु¥याइएको छ । वाला लामालगायत ब्यक्तिको नाम उजुरीमा दिएपनि प्रचण्ड निवासबाट दबाव आएका कारण उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ भने उज्वल लामा पक्राउपछि छुटिसकेका छन् । पहिला तिनै उज्वल प्रचण्डको प्यारा सवारी चालक थिए । उज्वलको गाँउ काभ्रेको तिमालमा समेत प्रचण्ड परिवार जाने गरेको उज्वल स्वयम्ले सामाजिक सञ्चाल फेसबुकमा राखेको फोटोबाट पुष्टि हुन्छ ।

जब मुलुकमा माओबादी जगजगी थियो, त्यतिबेला यिनै उज्वलले राजधानीमा नाम चलेका गुण्डालाई उठाउँदै शुद्धीकरण गर्ने नाममा क्याम्पमा लैजाउँदै सुनका सिक्री, मोबाइल, घडिलगायतका सामाग्री लुट्ने तथा मरणासन्न कुटपिट गर्थे । २०६२ मा उज्वल राजधानीका प्रायजसो गुण्डाका नाईकेलाई प्रहरीकै शैलीमा पक्राउ गरी बालाजुस्थित वाईसिएल क्यापमा लगेर कुटपिट गर्ने गरेका थिए । गुण्डा शुद्धीकरण अपरेशन चलाउने तिनै वाईसिएलमा आवद्ध उज्वल यतिखेर सुन लुट प्रकरणमा जोडिएका छन् । बिस्तारै वाईसिएलको राजधानीमा जगजगी कम हुन थालेपछि उनी डनहरुको आँखाको तारो बनेका थिए । डनहरुको आँखाको तारो बनेका उज्वल ज्यान जोगाउन भागेर कोरिया पुगे । पाँच बर्षको कोरिया बसाईपछि उज्वल नेपाल फर्केका थिए भने अहिले सुन लुटेरा उज्वल र वाला लामाको समूहलाई बचाउन एमाओवादीका अध्यक्ष प्रचण्डदेखि लालध्वजसम्म ज्यान फालेर लागेपछि उनीहरुको समेत उक्त लुट प्रकरणमा संलग्नता पुष्टि हुने आधार मिलेको छ ।
जनप्रहार साप्ताहिकबाट
स्रोत- http://nepalpati.com/news/2133/Prachanda#sthash.MWnFHtDY.dpuf भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Friday 24 January 2014

जनताले प्रचण्डलाई लखेटी-लखेटी कुटेर मार्छन् I (प्रचण्डका पूर्व सवारी चालक)

बा.१.ज ९२६८ । आरुबारी-रत्नपार्क रुटमा चल्ने एउटा माइक्रोबसको नम्बर हो यो । जसका चालक हुन्, काभ्रे, सल्लेभुम्लुका खड्गबहादुर श्रेष्ठ । ०४७ सालदेखि जीविकाका लागि गाडी चलाउन थालेका उनी ०५५ सालदेखि माओवादी जनयुद्धमा सामेल भए । र, उपनामले चिनिन थाले, ‘शरण’ का रुपमा । त्यहाँ उनले सैन्य फाँटमा काम गर्दै २५ भन्दा बढी मोर्चामा आफूलाई उभ्याए । तीनवटा मोर्चामा घाइते भए । माओवादी शान्तिप्रक्रियामा आएपछि पहिला देव गुरुङसँग थिए । तर, अध्यक्ष प्रचण्डका लागि भरपर्दो सवारी चालकको आवश्यकता परेपछि ०६३ असोज अन्तिम साताबाट उनले प्रचण्ड सवार हुने गाडी चलाउन शुरु गरे । र, त्यहाँबाट ०६६ सालमा उनले मनभरि विरक्तिको पहाड बोकेर प्रचण्ड निवासलाई बाइबाइ गरे । उनी माओवादी लडाकुको तेस्रो डिभिजनअन्तर्गत थिए । तर, प्रमाणिकरणको प्रक्रियामा किरण पक्षधर लडाकुले त्यो प्रक्रियालाई नै अस्वीकार गरे । त्यसको अगुवाई शरणले नै गरे । एकीकृत माओवादीको वाइसिएल भनेजस्तो नेकपा-माओवादीसम्बद्ध युवा संगठन स्वयंसेवक व्युरोका उनी काभ्रे संयोजक हुन् ,। हिजोआज जीविकाका लागि माइक्रो चलाइरहेका छन् । माइक्रोको आफ्नो रुट र समय हुन्छ । जनआस्थासाग कुरा गर्ने भनेपछि उनले खानाको समय निकाले । तर, त्यतिले पनि पुगेन । अर्का सहयोगीलाई गाडीको साँचो जिम्मा लगाएर शरणले आफ्ना भएभरका विरक्ति पोखेका छन् ।
विश्वमणि/यादव देवकोटा
० माइक्रो चलाउन थाल्नुभएछ !
- हो, असारदेखि शुरु गरेँ ।

० आफ्नै कि भाडाको ?
- साहुको ।
० माओवादीमा कसरी लाग्नुभयो ?
- म गाडी नै चलाउाथेा । ०५५ सालमा काठमाडौंमा प्रभात भन्ने साथी हुनुहुन्थ्यो । उहाँले नै युद्धमा जाऔं भन्नुभयो । मैले कम्तिमा ३२-३३ वटा लडाइमा प्रत्यक्ष सहभागिता जनाएँ । लडेकामध्ये चैनपुर भिडन्त स्मरणीय छ ।
० प्रचण्डकहाँ कसरी पुग्नुभयो ?
- पूर्वको मोर्चामा ड्राइभिङ सेक्टरबाट गएकोमध्ये मलाई अलिक परिपक्व मानिन्थ्यो । अनन्त पूर्वी कमाण्डको इञ्चार्ज हुनुहुन्थ्यो । परलोक भन्ने साथी पनि त्यहीँ हुनुहुन्थ्यो । लडाइँमा प्रयोग हुने गाडी मैले नै चलाउँथेँ । उहाँहरुले नै प्रचण्डसाग ‘यस्तो मान्छेलाई राख्नुपर्छ’ भन्नुभयो । कृष्णबहादुर महराले पनि ‘लौ जानुस न त’ भन्नुभयो । म त्यसबेला देव गुरुङ सरसँग थिएा । उहाँले ‘अध्यक्षकै लागि हो भने केही सोच्नु परेन, सर्लक्कै जानुस्’ भन्नुभयो । ०६६ सालमा प्रचण्डले सरकार छाडेर माधव नेपालको सरकार बनेपछि मैले छाडेँ ।

० प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सरकारी गाडी चलाउनुभयो त ?
- गाडी त चलाइन, तर ड्राइभरका रुपमा नियुक्त गरेका थिए । सरकारी नियुक्ति गरे पनि हामीले आर्थिक रुपमा केही लाभ लिएनौं ।

० तलब त आउाथ्यो होला नि !
- हामीले लिएनौं । त्यो पैसा कसैले लिएको भए थाहा छैन ।

० ए, तिनले तपाईंहरुको तलबसम्म बाँकी राखेनन् ?
- मलाई देव गुरुङले अध्यक्षसँगै बस्नुस्, तर आर्थिक रुपमा उत्तेजित नहुनुस् भन्नुभएको थियो । आर्थिक भनेको साधन हो, सामान्य कुरा हो भन्नुहुन्थ्यो । हो त भनेर पैसामा धेरै आँखा लाएनौं । पछिल्लो समयमा प्रमाणिकरणको प्रक्रिया शुरु भयो । त्यसमा पनि शुरुमा त आर्थिक कुरामा ध्यानै दिएनौं ।
० तपाईंजस्तै साथीहरु कोही नेता बने, कोही मन्त्री बने, व्यापारी बनेका छन् । शहरमा ठूल्ठूला महल बनाएका छन् । कोही राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगपतिसरहको जीवनशैलीमा छन् । तपाईंचाहिा ड्राइभरदेखि ड्राइभरसम्मै । यो के भएको ?
- धेरै मान्छेले लुटेको देख्दा मैले सोचेँ कि, मसँग त आफ्नै कला, सीप छ । युद्धको त्यत्रो अनुभव पनि छ । लुट्नै पर्ने हो भने पनि मसँग बल छ, बुद्धि छ । बदमासी नै गर्नुपर्दा कुनै लुटेरा, कुनै ठगले भन्दा दोब्बर गर्ने हिम्मत छ । तर, हिजो हामी जे कुरामा प्रशिक्षित भयौं, त्यहीअनुसार लागेको छु । म सामान्य होलटाइमर कार्यकर्ताका रुपमा छु । पार्टीको नीति नआएसम्म यो माइक्रो चलाउँछु भनेर यसमा लागेँ ।

० प्रचण्ड निवासमा बसेर धेरैले कमाए भन्छन् । तपाईंलाई के-कति थाहा छ ?
- शुरुमा त हामीलाई वास्तै हुादैनथ्यो । किनभने, पार्टी, क्रान्ति भनेर हामी समर्पित थियौं । एकदिनचाहिँ अति नै भएपछि मैले प्रचण्डलाई भनेा, ‘हेर्नुस् कमरेड, यो अति नै विकृति, विसंगति भयो । हामीलाई पनि लाज लाग्न थालिसक्यो ।’ उहाँले ‘खोलामा फोहोर-मैला आउँछन्, त्यसलाई सफा गर्नुपर्छ’ मात्रै भन्नुभयो ।
मलाई प्रचण्डका यति धेरै कुरा थाहा छन्, कि ती सबै कुरा भन्दा जनताले उहाँलाई लखेटी लखेटी कुटेर मार्छन् । त्यसैले म सबै कुरा भन्दिन । एउटा कुरा तपाईंलाई भनिहालौं कि, अजय सुमार्गी भन्ने एउटा फटाहा छ । ऊसँग उहाको हिमचिम देखेपछि हामीले त भन्यौं पनि, ‘अबचाहिँ अति भयो कमरेड !’ अजय सुमार्गीले प्रचण्डको वरिपरिका मान्छेहरुको घर बनाइदिएको छ । म ती साथीहरुको नाम त भन्दिन, तर तिनका घर सुमार्गीले नै बनाइदिएको हो । अहिले पनि साथीहरुले मलाई रिपोर्ट गरेका छन् । कतिपयले मलाई भन्थे पनि, ‘अरुले त्यत्रो गरे, तपाईंले किन केही नगर्नुभएको ?’
प्रचण्डले गिरिजासँग बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर हात मिलाउनुभयो । त्यसदिन पनि उहाँको गाडी मैले नै चलाएको थिएँ । मलाई त्यतिबेलै चिन्ता लागेको थियो कि, जनअदालत, जनमुक्ति सेनालाई क्यान्टोन्मेन्टमा पठाउने नाममा पुरानो सत्तालाई बुझाउने भए भनेर । हामीले त्यत्रो लडेर आयौं, अब छाति नापेर परेड खेल्न पठाउलान् भन्ने त्यतिबेलै शंका थियो । मैले सन्तु दराईलाई भने, ‘नेताहरुले हामीलाई धोका दिने भए ।

बाबुराम त रण्डीबाजी तीर लागेर पो बिग्रेका रहेछन

काठमाडौं। शान्ति र संविधानमा समय विताउनु पर्ने देशका प्रधानमन्त्री डा. बाबुराम भट्टराई एक अधबैसे महिलासँग फोटो सेसनमा ब्यस्त हुने गरेको प्रमाण फेला परेको छ। चरित्रमाथि प्रश्न चिन्ह उठेकी ती महिला डा.भट्टराईको गर्लफ्रेण्ड हुँ भन्दै हिड्न पनि पछि पर्दिनन्। जनताको जीउधनको सुरक्षा, शान्ति र संविधान छाडेर चरित्रहिन महिलासँग हिमचिम बढाएका कारण एकातिर प्रधानमन्त्री डा. भट्टराईको चरित्रमाथि पनि प्रश्न चिन्ह उब्जेको छ भने अर्कोतिर सर्वसाधारण जनता, प्रशासन र प्रहरीमा समेत ती महिलाले खेल्ने मौका पाएकी छिन्। ती महिला अरु कोही नभएर कालो अक्षर भैसी बराबर भन्ने उखानसँग मेल खाने दीपा केसी कुँवर हुन्। पाठकलाई पत्यार लाग्ला वा नलाग्ला  तर यथार्थता आखिर केही गरे पनि लुक्दैन भने झै बाबुरामको असली रुप पनि बाहिर आएको छ। प्रधानमन्त्री डा.भट्टराईकी श्रीमती हिसीला यमीले विभिन्न मन्त्रालय मातहतका निकायमा प्रमुख बनाउने भन्दै कमिशन असुलेर सम्पत्ति थोपरिरहेको बेला बजारमा भने प्रधानमन्त्री भट्टराईको गर्लफ्रेण्ड हुँ भन्दै दीपालेे विभिन्न व्यक्तिहरूसँग काम गरिदिने नाममा पैसा असुलेपछि यो रहस्य बाहिर आएको हो।  
महाराजगञ्ज र बुढानिलकण्ठ घर भएकी दीपालेे कहिले गुण्डा छुटाउने नाममा प्रहरीलाई हैरान पारेकी छिन् त कहिले पीडित व्यक्तिको मुद्दा मिलाउने नाममा रकम असुलेर पीडितलाई थप पिडामा पार्दै आएकी छिन्। लेनदेनको मुद्दामा हनुमानढोकाको चिसो छिंडीमा बस्दा दिपाले संगीता राणा श्रेष्ठबाट मुद्दा मिलाइदिन्छु भन्दै छ लाख असुलेको घटना यसअघि नै जनप्रहारले प्रकाशित गरिसकेको छ। आफू प्रधानमन्त्रीको गर्लफ्रेण्ड भएको नाता जोड्दै केस मिलाउछु भन्दै प्रलोभन देखाएर दीपाले छ लाख असुलेकी थिइन्। संगिता राणा प्रहरीको खोरमा रहेका बेला दीपाले यो मुद्धा कान्तिपुरका कैलाशले मिलाइदिन्छु भनेका छन् भन्दै राणाकी छोरीलाई भनेकी थिइन्। दीपाले पछि ‘छोरी तिमीले कैलाशलाई खुसि पार्नु पर्छ’ भनेपछि उनको असली रुप र धन्दा समेत बाहिर आएको हो। सामान्य लेखपढ समेत गर्न नजान्ने दिपाको प्रहरीका उच्च हाकिमहरू, नेपाली सेनाका उच्च अधिकारी, विभिन्न दलका नेतासँग पनि रामै्र उठबस रहेको स्वयम् प्रहरीहरूले जनप्रहारलाई बताएका छन्। दीपाले अपहरण, ठगी, जवर्जस्ती असुलीलगायतका आपराधिक मुद्दामा फसेका व्यक्तिहरूसँग मुद्धा मिलाइदिने भन्दै असुल्ने गरेकी छिन्।  केही महिना पहिले सुमित्रा मानन्धरलाई ठगिको आरोपमा महानगरिय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको थियो। दीपाले सुमित्रालाई छुटाउन त्यहाँका एसपी भोग बहादुर थापालाई गुहारिन् र छुटाइन् पनि। तर दीपाले मानन्धरलाई छुटाए बापत पनि दुई लाख ५० हजार लिएको स्रोतले बताएको छ। यसअघि दीपाले बाबुरामको गर्लफ्रेण्ड भएको र सजिलै भेट्न र भेटाउन सक्छु भन्दै विभिन्न पत्रकार, गुण्डा र दलालहरूलाई प्रधानमन्त्री डा. भट्टराईसँग भेटाउने कार्य गर्दै आएकी थिइन्। तर, स्वच्छ छवी भएका भनिएका डा. बाबुराम नै दीपाको घरमा हुने भोजभत्तेर, विवाह, पाश्नीलगायतका कार्यक्रममा सहज भेटिनु र दीपासँग आपत्तीजनक फोटो खिचाउनुले ‘दालमे कुछ काला है’ भन्ने सन्देश बाहिर आएको हो। जबकी दीपा भन्ने महिलाको भट्टराईसँग कुनै नातागोता पनि पर्दैन, उनीहरूबीचको सम्बन्ध दाजु बैनीको पनि होइन् भने दीपा त्यस्तो कुनै सार्वजनिक ब्यक्तित्व पनि होइनन् र दीपा कुनै पार्टीसँग पनि आबद्ध छैनन्। ‘देशका प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका बाबुराम एक चरित्रहिन महिलासँग उठबस गर्नु आफैमा आर्श्चयजनक मात्र नभई अकल्पनीय, अस्वभनीय र निन्दनीय रहेको छ।’– प्रधानमन्त्री भट्टराईसँग नजिक रहेका माओवादीकै एक नेता बताउँछन्। दीपाले गएको दशैंमा हातहतियार तथा खरखजना मुद्धामा पक्राउ परेका अभियुक्त विक्रम लामालाई छुटाउन समेत डीआईजी उपेन्द्रकान्त अर्याललाई प्रयोग गरेकी थिइन्। प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईवी) को टोलीले अभियुक्त लामालाई पक्राउ गरे लगत्तै लामालाई छुटाउन दीपाले सीआईवीका प्रमुख अर्याललाई फोन गरिन्। त्यस लगत्तै लामालाई रातारात जिल्ला प्रहरी कार्यालय धादिङ पठाएर मुद्दा नै फितलो बनाई लामालाई छाडिएको थियो। लामालाई छुटाउन दीपा आफै धादिङ पुगेकी थिइन्।  चरित्रमा प्रश्नचिन्ह लागेकी दीपा र अर्यालले एउटै गिलासमा रक्सी खाने गरेको समेत स्रोतको दावी छ। त्यसो त दीपाको सम्बन्ध आपराधिक क्रियाकलाप गरेर सँधै चर्चामा रहने चत्रे्क मिलन समूहका गुण्डाहरूसँग पनि राम्रो छ। चक्रे समूहका कुनै पनि गुण्डालाई प्रहरीले पक्राउ गर्ने वित्तिकै उनी प्रहरीको ढोका घचघच्याउन पुग्ने गरेको महाराजगञ्ज बृतमा कार्यरत प्रहरीहरू नै बताउँछन्। प्रधानमन्त्री डा. बाबुरामका पीएसओ एवम् महाराजगञ्ज बृत्तका तत्कालीन डीएसपी दीपक थापा र दीपाबीच बढेको गाढा सम्बन्धका कारण दीपककी श्रीमतीले बृतमा आएर नै बस्न थालेको घटना स्मरण गदै महाराजगञ्ज बृतका एक प्रहरी भन्छन्,–’यिनै महिलाको कारण डीएसपी दीपक थापा सा’पको घर परिवारमा झगडा शुरु भयो। डीएसपी थापाकी श्रीमतीले बाहिरी युवतीसँग श्रीमानले सम्बन्ध राख्ने गरेको भन्दै माइती नेपाललाई समेत गुहारेकी थिइन्।’

Tuesday 31 December 2013

पैसा लिएर सभासद बनाएको भन्दै तमलोपा कार्यालयमा आगजनी

पैसाको लिएर व्यापारीलाई सभासद बनाएको भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीको रुपन्देही जिल्ला कार्यसमितिले विरोध गरेको छ । केन्दि्रय सदस्य एवं जिल्ला अध्यक्ष अतिउल्लाह मुसलमानको नेतृत्वमा पार्टी कार्यकताले कार्यालयमा रहेका कुर्ची, बोर्ड र कागजपत्रहरु जलाएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुर र महामन्त्री सर्वोन्द्रनाथ शुक्लाले पैसाको आडमा तथा पार्टी सदस्यता समेत नलिएको रामकुमारी गडरियालाई समानुपातिक सभासद बनाएको उनीहरुको आरोप छ ।

असन्तुष्ट कार्यकर्ताले अध्यक्षविरुद्ध नारावाजी गर्नुका साथै पार्टी कार्यालयमा ताला लगाएका छन् । जिल्ला अध्यक्ष मुसलवानले गडरीयालाई सभासदबाट नहटाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

रुपन्देहीका सात वटा निर्वाचन क्षेत्र मध्ये तमलोपाले प्रत्यक्षतर्फ दुई स्थानमा जित हात पारेको थियो । समानुपातिकतर्फ भने अतिउल्लाह मुसलवान, सुनिल कुमार दुवे, हरी कुमारी चौधरी, सकुन्तला हरिजन, मधु सिंहलाई सिफारिस गरिएको थियो ।

मेरो ठाँउमा छोरीको हत्यारा सभासद बने : एमाओवादी नेता

एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश वलीले जनयुद्धमा आफ्नो छोरीको हत्या गर्ने पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाहलाई सभासद बनाएको आरोप लगाउनु भएको छ ।
आफ्नो ठाउँमा शाहलाई सभासद बनाएकोमा आक्रोस पोख्दै वलीले तत्काल नसच्याए परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।

‘२०४० सालदेखि कम्यूनिष्ट पार्टीमा लागेको हुँ । म जनमुक्ति सेनाको कमिसार भएर काम गरेँ, तीन वर्ष जेल बसेँ, छोरी गुमाए’ मंगलबार रिपोटर्स क्लबमा भएको कार्यक्रममा एमाओवादीका पूर्व पोलिटव्यूरो सदस्य वलीले भन्नुभयो-’तर, अहिले मेरो ठाँउमा छोरीको हत्या गर्ने रविन्द्र प्रताप शाह सभासद भए ।’ प्रचण्ड निकट मानिने नेता वलीले यस्तै अवस्था रहे प्रचण्डको नेतृत्व क्षमतामा समेत प्रश्न उठ्ने बताउनुभयो ।

पार्टीभित्र त्यागी ईमान्दार कार्यकर्ताहरुलाई पाखा लगाउन खोजिएको भन्दै उहाँले अरु पार्टीमा जस्तै एमाओवादीमा पनि प्रदुषणले भरिएको टिप्पणी गर्नुभयो ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID