Thursday 10 October 2013

बलात्कार र हत्या

हिजो आज दिनहु जस्तो बलात्कारको घटनाहरु भईरहेको समाचार सुनिन थालेको छ । नेपालको कानूनलाइ राजनीतिक दलहरुले हातमा लिएको कारणले अपराधहरु बढ्दै गएको त होइन ? केही समय अगाडी गैरआवासीय नेपालीसंघका अध्यक्षसमेत रहेका उद्यमी डा उपेन्द्र महतोका ६५ बर्षिय बाबु रामआशिषले २९ वैशाखमा १५ बर्षीय एक युबतिको बलात्कार गरेको घटना सर्बजनिक भएको थियो । उक्त घटनामा मुख्य दोषी उपेन्द्रका पिता रामआशिष फरार छन भने घटनालाई लुकाउन पनि असफल प्रयाश भएको रहेछ ।फेरी अर्को घटना भएको छ बलात्कारको । १९ वर्षकी ख्याति श्रेष्ठलाई अपहरण गरि बलात्कार गरेर निर्ममता पुर्बक हत्या गरिएको छ । ख्यातिको शरीर काटेर टुक्रा टुक्रा पारेर फालिएको रहेछ । एक बिद्यार्थी जो भबिस्य उज्यालो बनाउन राम्रो शिक्षा हासिल गर्न भनेर काठमांडू आयो , र ट्युसन पढयो उनलाई के थाहा की त्यहीँ ट्युसन पढाउने शिक्षक नै उनलाई मार्न तयार हुन्छ भनेर । अपहरण गरेपछि अपहरणकारी शिक्षक वीरेन श्रेष्ठले छोरीको ज्यान बचाउनुछ भने १० लाख रुपियाँ दिनुहोस् भन्दै कहिले हिन्दी, कहिले अंग्रेजी भाषामा कुरा गरेका थिए ।ख्याति श्रेष्ठकाठमाडौमा हिजो आज अपहरणको घटनाहरु बढ्दै गएको छ । सरकारले यस्तो घटनाको बारेमा कुनै पनि प्रतिक्रिया नजनाएपछि यस्ता घटना हरु घटने क्रम बढेको हो । यस्ता घटना घटाउने ब्यक्तिहरुलाइ कडा भन्दा कडा कारबाही नगरे यस्ता घटनाहरु घटाउनेको मनोबल अझ बढ्नेछ । बेलैमा सरकारले यस प्रति ध्यान पुर्याउनु जरुरी छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID