Saturday, 12 October 2013

नेपालमा प्रतिबन्धित फिल्मले ४० करोड कमायो

नेपालमा प्रतिबन्ध भएको हिन्दी फिल्म ‘ग्रान्ड मस्ती’ले पहिलो सातामै कीर्तिमानी कमाइ गरेको छ। इन्द्र कुमार निर्देशित फिल्ममा अश्लील दृश्‍य र शब्दका कारण नेपालको सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो। फिल्म अश्लील र द्विअर्थी शब्दले भरिएको भारतीय सञ्चारमाध्यमले समेत टिप्पणी गरेका छन्।
नयाँ कीर्तिमानसँगै निर्देशकबाहेकका सबै कलाकारका लागि यो धेरै कमाइ गर्ने फिल्म बनेको छ। विवेक ओवराय, अफताब शिवदसानी र रितेश देशमुखको मुख्य भू
मिका रहेको फिल्मले पहिलो तीन दिनमा कम्तिमा ४० करोड कमाएको बताइएको छ।

यो फिल्मले पहिलो दिनमा १२ करोड कमाएको थियो। दोस्रो र तेस्रो दिन क्रमशः १३ र १५ करोड कमाएको थियो।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID