Saturday 12 October 2013

‘ग्राण्ड मस्ती’ धेरै नै अश्लिल : प्रदर्शनमा रोक

चलचित्र जाँचपास समितिले बलिउड फिल्म ‘ग्राण्ड मस्ती’ लाई नेपालभर प्रदर्शनमा रोक लगाएको छ ।
विवेक ओवरोय, रितेश देशमुखलगायतको अभिनय रहेको भारतीय फिल्म ‘ग्राण्ड मस्ती’ अश्लिल भएको भन्दै जाँचपास समितले प्रदर्शनमा रोक लगाएको हो ।

२८ भदौमा रिलिज भएको यो फिल्मको भारतमा समेत छिटपुट विरोध भइरहेको छ । वितरकले अश्लिल भनिएका दृष्यहरु हटाएर प्रदर्शनका लागि अनुमति दिन आग्रह गरे पनि समितिले पत्र काटेरै नेपालमा प्रदर्शन नगर्न भनेको छ ।
‘ग्राण्ड मस्ती’ शुरुदेखि अन्तिमसम्म नै अश्लिल भएको सेन्सरबोर्डंकी सदस्य सचिव शैलजा रेग्मीले बताइन् । उनका अनुसार फिल्मका सम्बाद र दृष्य सबै अश्लिल छन् ।
दर्शन आर्टसले नेपालमा प्रदर्शनका लागि उक्त फिल्मको वितरण अधिकार रु २० लाखमा किनेको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID