Saturday 12 October 2013

टि्वटरकी हाकिमले भनिन् : फेसबुकलाई भित्तामा पूराउँछौँ

सोसल साइट फेसबुक र माइक्रो ब्लगिङ साइट टि्वटरबीचको वाक्युद्ध फेरि सतहमा आएको छ । टि्वटरका
हाकिमले फेसबुक विरुद्ध विषवमन गर्दै फेसबुकले आफ्नो प्रभुत्व जमाउँदै सबै चिज तोड्न तथा ध्वस्त पार्न चाहेको आरोप लगाएकी छिन् ।
टि्वटरकी मिडिया विभाग प्रमुख कोल स्लाडेनले टि्वटर सोसल नेर्टवर्कको राम्रो विकल्प भएको र यसले निकै उत्तम अनुभवको साझेदारी सिर्जना गरेको दाबी गरिन् ।

फेसबुकका प्रयोगकर्ता धेरै भएपनि टि्वटरले एक अर्कासँग आबद्ध हुने मानविय आवश्यकता पूरा गर्ने युद्धमा विजय हासिल गरेको बताएकी छिन् ।
फेसबुक र टि्वटर बिचको दुस्मनी सन् २००८ देखि नै सुरु भएको हो जब फेसबुकले टि्वटरलाई नै किन्न खोज्यो । तर फेसबुक यो कुरामा सफल भने भएन । त्यस्तै गएको वर्षो अप्रिलमा फोटो शेयरिङ साइट इन्स्ट्राग्राम खरीद गर्ने मामिलामा टि्वटरलाई पछाडि पार्दै फेसबुक सफल भएपछि टि्वटर र फेसबुक बीचका रिसिइबी झनै चर्किएको हो । त्यस्तै टि्वटरमा पोष्ट भएका तस्वीरहरु इन्स्ट्राग्राममा देखिने सेवा बन्द गरेसँगै सम्बन्ध झनै चिसियो । त्यस्तै टि्वटरको सबैभन्दा चर्चित फिचर मानिने ह्यासट्यागको नक्कल जनबरीमा फेसबुकले समेत गरेपछि टि्वटर झनै चिढिएको हो ।
एक अन्तरवार्ताका क्रममा स्लाडेनले फेसबुकले सबै कुरामा प्रभुत्व जमाउन र सबै चिज तोड्न र ध्वस्त पार्न खोजेको बताइन् । तर यस्तो काममा टि्वटर नलागेको जिकिर उनको छ । टि्वटरले मानवीयताको ख्याल गर्ने दाबी गर्दै उनले अब छिटै टि्वटरले फेसबुकलाई किनारामा धकेलिने ठोकुवा गरिन् ।
स्मरण रहोस् आगामी महिला शेयर बजारमा प्रवेश गर्न लागेको टि्वटरले पछिल्लो समय आफ्नो फोटो शेयरिङ फिचर्स लगायतमा सुधार गरेको छ । झण्डै २० अर्ब डलरको शेयर जारी गर्ने टि्वटरको योजना छ । टि्वटरका अहिले विश्वभर गरि साढे २१ करोड प्रयोगकर्ता छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID