Saturday 12 October 2013

वायफ्रेण्डले सम्भोग नगरेपछि चक्कुले च्वाट्टै

आफुले भनेको बेला ब्वायफ्रेण्डले सेक्स गर्न नमानेपछि एक युवतीले आफ्नै प्रेमीलाई चक्कुले आक्रमण गरेकी छिन् । रक्सी खाएर मातेको अवस्थामा अरु केटीहरुलाई समेत लिएर विहान ४ बजे प्रेमीको घरमा पुगेकी ती युवतीले आफुसँग सेक्स गर्न प्रेमीलाई आग्रह गरिन् ।

तर धेरै केटीहरुको अगाडि त्यस्तो काम गर्न ती युवकले नमानेपछि रक्सीको नशामा झुमेकी ती प्रेमिकाले चक्कुले प्रेमीको सरीरमा हानिनन् मात्र आफुले लिएर आएका केटीहरुलाई पनि रामधुलाई गर्न लगाइन् । अमेरिकाको फ्लोरिडामा घटेको घटना हो यो । २८ वर्षकी ला क्रिस्टल उलर्फक नामकी युवतीमाथि सेक्स गर्न इन्कार गरेको आरोपमा आफ्नै प्रेमीमाथि चक्कु प्रहार गरेको अभियोगमा पक्राउ गरिएको छ ।


यौनकी प्यासी प्रेमिकाको प्यास मेटाउन नसकेपछि आक्रमण खेपेका विचरा ति युवकको आँखा तथा काँध लगायतका ठाउँमा चोट लागेको छ । डेली स्टारमा छापिएको समाचार अनुसार उलर्फक मज्जाले रक्सी धोकेर केटी साथीको हुल लिएर ब्वायफ्रेण्डको घरमा पुगिन् । त्यहाँ पुगेपछि उनले एकाएक ब्वायफ्रेण्डलाई आफुसँग सेक्स गर्न निर्देशन दिइन् । तर ती युवक हच्किए ।


अनि त के चाहियो ? आफ्नो भोक मेटाउन नसक्ने नामर्द भन्दै उनी चक्कु लिएर प्रेमीमाथि जाइ लागिन् । उनलाई साथ दिँदै अरु केटीहरुले पनि विचरा ति युवकलाई रामधुलाई गरे । ती युवतीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ । उनले आफुले चक्कुले नहानेको र आफ्नो नाकमा प्रेमीले मुक्का हानेपछि आफुले मैनबत्तीको स्टाण्डले प्रहार गरेको दाबी गरेकी छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID