Tuesday 8 October 2013

यौन उत्तेजना पछि स्खलित नहुँदा पनि अन्डकोषमा पीडा महसुस हुन्छ ।


हामी यौन उत्तेजित हुँदा हाम्रा यौन अङ्ग तथा त्यसका वरिपरिको भागमा रक्त प्रवाह बढी हुन्छ । तपाईंलाई थाहै होला- लिङ्गको उत्तेजना पनि लिङ्गको विशेष तन्तुमा रगत भरिदा नै हुन्छ । लामो समयसम्म यौन उत्तेजना हुँदा वा यौन उत्तेजित अवस्थामा लामो समयसम्म बस्नुपर्दा अन्डकोष, प्रोस्टेट ग्रन्थिमा बढी रक्त प्रवाहका कारणले एक किसिमको तरल पदार्थ जम्मा हुन पुग्छ । यसले गर्दा केही मात्रामा ती अङ्गहरू सुन्निन सक्छन् । फलस्वरूप अन्डकोष वा यौनाङ्ग क्षेत्रमा केही पीडा भएको वा असजिलो वा भारीपनको अनुभव हुन्छ । अनौपचारिक बोलीचालीको अंग्रेजी भाषामा यसलाई blue balls भनिन्छ । लामो समयसम्म बढी रक्त प्रवाह भएर त्यही रहँदा त्यसमा अक्सिजनको मात्रा कम हुन पुग्छ, त्यसैले यो केही गाढा रंगको हुन्छ र त्यसैले blue balls भनिएको हो ।

यस्तो स्थिति आउन नदिने एक प्रमुख उपाय वीर्य स्खलनको स्थितिमा पुग्नु हो । कहिलेकाहीं यौनसम्पर्कको माध्यमबाट त्यो स्थितिमा पुग्न नसकिए हस्तमैथुनको सहारा लिन सकिन्छ । केही पीडा वा असजिलो भए पनि वास्तवमा यसको कुनै दीर्घकालीन नकारात्मक असर भने हुँदैन । यस्तो पीडा वा असजिलो अस्थायी हुन्छ र एक-दुई घण्टामा स्वतः कम भएर जान्छ । कहिलेकाहीं भने पीडा कम हुन केही बढी समय पनि लाग्न सक्छ, तर पनि यसलाई कम गर्न केही उपाय अपनाउन सकिन्छ । केही परिस्थितिमा यौनसाथीको चाहना वा आपसी सहमतिमा निकै लामो समयसम्म वीर्य स्खलन नै नगरी उत्तेजित अवस्था रहन्छ र blue balls को स्थिति आउन सक्छ । यौन क्रियाकलापको बीच-बीचमा अन्डकोषको हल्का मालिस गरे पीडा वा असजिलो कम गर्न मद्दत पुग्छ । त्यसैगरी उत्तानो परेर सुत्दा वा सास रोकेर कन्दा पनि फाइदा हुन्छ । अन्डकोष वा यौनाङ्ग क्षेत्रलाई केही चिसो पार्न सकिए पनि फाइदा पुग्छ । यसो गर्दा रक्तनशा खुम्चने हुँदा अन्डकोषमा रगतको बहाव कम हुने र लसिका रस बाहिरिन जान मद्दत मिल्छ, जसले सुन्निएको कम गर्न मद्दत पुर्‍याउँछ । हल्का कसरत जस्तै- हिँड्ने वा सिँढी चढ्दा पनि फाइदा हुनसक्छ, तर अति नै पीडा भएमा चिकित्सकको सहयोग लिनुपर्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID