Tuesday 8 October 2013

यी 5 कुराहरु मा महिलाहरु ले धेरै जिद्दी गर्छन

1. दिमागी क्षमता अर्थात् आइक्यू : एक अध्ययनले के देखाएको छ भने महिलाहरुमा पुरुषमा भन्दा आइक्यू क्षमता बढि हुन्छ । स्मरण शक्ति तथा तर्कशीलताको मामिलामा महिलाहरु पुरुषभन्दा अगाडि हुने कुरा अमेरिकी अनुसन्धानकर्ताको निष्कर्ष रहेको छ ।

२. सरसफाइ : सरसफाइको मामिलामा पनि महिलाहरु पुरुषभन्दा अब्बल हुन्छन् । अमेरिकाको सानडियागो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कार्यालयमा पुरुष कर्मचारीको टेबल महिला कर्मचारीको भन्दा फोहोर हुने गर्छ । उनीहरुका अनुसार पुरुषले काम गर्ने ठाउँमा महिलाले काम गर्ने ठाउँमा भन्दा २० प्रतिशत बढि ब्याक्टेरिया हुन्छन् ।

३.तनावको सामना : तनावको सामना गर्ने र महत्वपूर्ण कामका लागि राम्रो तयारी गरेर उक्त कामकुरामा आफ्नो क्षमता मज्जाले देखाउने मामिलामा महिलाहरु पुरुषभन्दा अब्बल मानिन्छन् । शोधकर्ताहरुका अनुसार यहीँ क्षमताका कारण प्राय नयाँ जागिर खान जाने मामिलामा अन्तरवार्ताको क्रममा महिलाको प्रस्तुती पुरुष प्रतिस्पर्धीको भन्दा राम्रो हुन्छ ।

४.सुन्दरता : सुन्दरताको मामिलामा त महिलाहरु पुरुषभन्दा दश कदम अगाडि हुन्छन् नै । अध्ययनले पनि के देखाएको छ भने जैविक क्रम विकाशकै सिलसिलामा महिलाहरु आफ्ना पुर्खा भन्दा सुन्दर बन्दै गएका छन् । अझ रोचक कुरा त के भने सुन्दर महिलाहरुले अरु सामान्य महिलाले भन्दा बढि बच्चा जन्माउँछन् र सुन्दर महिलाको पहिलो बच्चाको रुपमा अक्सर छोरी जन्मिन्छ ।

५.दुर्घटनामा जोगिने : अध्ययनले के देखाउँछ भने विभिन्न खालका सडक दुर्घटनामा महिलाहरु भन्दा पुरुषहरुको मृत्यु धेरै हुनेगर्छ । अझ रोचक कुरा त के भने कुनै गाडि दुर्घटना हुँदा त्यसका महिला यात्रु भन्दा पुरुष यात्रुको मृत्युको दर बढि हुन्छ । अध्ययनले कार दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्युको जोखिम ७७ प्रतिशत बढि हुने देखाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID