Saturday 12 October 2013

थ्वीजस्तै अर्को ग्रह !

पृथ्वीमा जस्तै जिवको बसोबास भएको अर्को ग्रह पनि रहेको तथ्य फेला परेको छ । खगोलविद्हरुले हाम्रो सौर्य परिवार बाहिर पृथ्वीजस्तै चरित्र भएको अर्को ग्रह रहेको प्रमाण फेला पारेका हुन् । यद्यपि उक्त ग्रह अहिले भने क्षतविक्षत अवस्थामा छ ।

वैज्ञानिकहरुले उक्त ग्रहका बँचेखुसेका पिण्डको अध्ययनबाट उक्त ग्रहमा पहिले पृथ्वीमा जस्तै ठूलो परिमाणमा पानी रहेको, जुन जिवको अस्तित्वका लागि अत्यावश्यक रहेको बताएका छन् । पछिल्लो खोज निकै उत्साहपूर्ण रहेको दाबी खगोलविद्हरुको छ । खगोलविद्हरुका अनुसार यो पछिल्लो खोजले करोडौँ वर्ष पहिलो हाम्रो सौर्य मण्डल बाहिर पृथ्वीजस्तै जिवको अस्तित्व रहेका ग्रहहरु रहेको प्रमाणित गरेको छ । उक्त ग्रहको तारा मृत भएपछि त्यो ग्रहमा गुरुत्वाकर्षण असन्तुलन समेत हुँदा संरचना क्षतविक्षत भएको र अहिले पनि उक्त ग्रहले मृत तारालाई परिक्रमा गरिरहेको खगोलविदहरु बताउँछन् ।

बेलायतको वारविक विश्वविद्यालयका खगोलविदहरुका अनुसार पानी भएको चट्टानी पिण्ड सौर्य मण्डल बाहिर पत्ता लागेको यो पहिलो पटक हो । चट्टानी सतह र पानीको उपस्थिति सहितको आकाशीय पिण्ड सौर्य मण्डल बाहिर समेत फेला पर्नु निकै उत्साहबर्धक कुरा रहेको र यसले ब्रम्हाण्डमा पृथ्वी बाहेकका अन्य पिण्डमा पनि जिवनको सम्भावनाको खोजीलाई सार्थकता प्रदान गरेको उनीहरु बताउँछन् । यो ग्रहको अवशेष पृथ्वीभन्दा १५० प्रकाश वर्ष टाढा छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID