Sunday 15 September 2013

के महिलाले बलात्कार गर्दैनन्

पुरुषद्वारा धेरै महिला बलात्कृत हुँदै आएका छन् । कानुनले त्यसलाई अपराधको कोटिमा राखेर कडा सजायको व्यवस्था पनि गरेको छ, फलस्वरूप सयौं पुरुषले वर्षौंदेखि जेलसजाय भोगिरहेका छन् । त्यसैले बलात्कार भन्नेबित्तिकै पुरुषद्वारा महिलामाथि हुने यौनजन्य हिंसा भन्ने मात्र बुझिन्छ । कानुनको यो परिभाषाप्रति असहमति व्यक्त गर्दै दोलखाका कानुन व्यवसायी श्यामकृष्ण मास्केले दुई वर्षअघि सर्वोच्चमा मुद्दा दायर गरेका थिए । मास्केको जिकिर थियो, ‘बलात्कार पुरुषले मात्र होइन, महिलाले पनि गर्न सक्छन् । बलात्कारको दायराभित्र यौनजन्य हिंसा पनि पर्ने भएकाले धेरै पुरुष महिलाको यौनजन्य हिंसाबाट पीडित छन् । त्यसैले कानुनमा भएको असमान व्यवस्थाको खारेजी हुनुपर्छ ।’थप जानकारीको लागि तलको बक्समा क्लिक गर्नुहोस …..

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID